back
CTIZAN AD

‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम

वि.सं.२०७७ वैशाख २४ बुधवार

756 

shares

२४ वैशाख,खलङ्गा । जुम्लाको तिला गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पु¥याउन सुनौलो हजार दिनअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ ।

सो कार्यक्रमअन्तर्गत निरन्तररूपमा स्वास्थ्य संस्थामा जाँच गर्नेदेखि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पोषिलो खानेकुरा उपलब्ध गराउने र नियमितरूपमा स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउने गरिएको आएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताइन् ।

गाउँपालिकाको स्वास्थ्य चौकी घोडे, स्वास्थ्य चौकी राँसा, जुम्लाकोट स्वास्थ्यचौकी र कुडारी स्वास्थ्य चौकीमा पुगेर गर्भवतीलाई कोसेलीस्वरुप पोषिलो खानेकुरा वितरण गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक जानकी हितानका अनुसार गाउँपालिकाभित्रका ६० गर्भवतीलाई पोषिलो कोसेली वितरण गरिएको छ ।

सो कार्यक्रमले आगामी दिनमा शतप्रतिशत गर्भवतीलाई स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउनमा महत्वपूर्ण भूमिका खेल्न स्वास्थ्य शाखा सहसंयोजक हितानले बताइन् ।

उपाध्यक्ष बुढाले साबुनपानीले नियमित हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र घरबाहिर निस्कँदा मास्क अनिवार्यरूपमा प्रयोग गर्न व्यक्तिबीच दूरी कायम राख्ने, आफ्नो आँखा, नाक र मुख हातले नछुनेजस्ता क्रियाकलाप गरिएको बताइन् ।(रासस)

वि.सं.२०७७ वैशाख २४ बुधवार १०:४७ मा प्रकाशित

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...