back
CTIZAN AD

कोरोना कहर : जसकारण ३ वर्षको छोरालाई अँगाल्न पनि पाएनन् अन्तिममा

वि.सं.२०७७ वैशाख २४ बुधवार

750 

shares

घटना हो, भारतको लखनऊको । राजधानी लखनऊको एउटा अस्पतालमा वार्ड व्यायका रूपमा कार्यरत एक व्यक्तिले आफ्नो ३ वर्षीय छोरालाई अन्तिममा अँगालेर काखमा लिन पाएनन् । कारण थियो, कोरोना ।

कोरोना भाइरसको संक्रमण फैलने डरले अन्तिम पटक मृत छोरालाई अँगाल्न पाएनन् । यो हृदय विदारक घटना लोकबन्धु अस्पतालमा कार्यरत मनीष कुमारको हो ।

मनिष कुमार लोकबन्धु अस्पतालमा बनेको स्तर – २ कोरोना अस्पतालमा कार्यरत कर्मचारी हुन् । शनिबार राति जब मनिष बिरामीको हेरविचार गर्दै थिए, उनलाई घरबाट फोन आउँछ र उनका तीन वर्षीय छोरा हर्षितलाई सास फेर्न गाह्रो भएको र पेट दुख्ने समस्या भएको बताइन्छ । जब घरबाट फोन आउँछ, उनको मनमा बेचैन बढ्छ, तर उनी तुरुन्तै अस्पताल छोडेर घर जान सक्दैनथे । परिवारका सदस्यहरूले छोरालाई किंग जर्ज मेडिकल युनिभर्सिटीमा लान्छन् । परिवारले उनलाई सान्त्वना दिन व्हाट्सएपमा छोराको राम्रा राम्रा फोटोहरु पठाइरहे । तर रातको करिब दुई बजे छोराले सदाका लागि संसार छोड्छन् ।

छोराको बारेमा यो बताउँदा गर्दा मनीष रुँदै चिच्याउने गर्दथे । उनले भने, ‘म मेरो छोरालाई भेट्न जान चाहन्थेँ, तर मैले मेरा सहकर्मीहरूलाई भनिन किनकि म आफ्नो बिरामीहरुलाई त्यस्तो अवस्थामा छोड्न चाहन्थेँ । तर घरबाट बारम्बार कल आइरहेको र मेरो अवस्था देखेर, मेरा सहकर्मीहरूले मलाई घर जान र अन्तिम पटक छोरोलाई भेट्न सल्लाह दिए ।’

मनीष, आफ्नो डियुटी सकिएपछि सबै आवश्यक सावधानीहरूका साथ छोरालाई भर्ना गरिएको केजीएमयू अस्पताल पुगे, जहाँ उनको अबोध बच्चाको शव राखिएको थियो । तर उनी अस्पताल भित्र पसेनन् र आफ्नो छोराको शब बाहिर निकाल्ने पर्खाइमा बसे । मनीषले भने, ‘जब मेरो परिवार छोरा हर्षितलाई घरमा लैजाँदै थियो, तब मैले उनलाई टाढैबाट देखेँ । मेरो मुटु फुट्ला जस्तो भयो । तैपनि म हिम्मत जुटाउँदा मोटरसाइकलबाट छोराको मृत शरीर बोकेको एम्बुलेन्सको पछाडी पछाडी घर लागेँ ।’ उनी छोरालाई अन्तिम पटक भएपनि अँगालो हाल्न चाहन्थे । उनी आफ्नो भावनाहरूलाई रोक्न सक्दैनथे । उनी विश्वास गर्न सकिरहेका थिएनन्, कि अब छोरा यस संसारमा छैन ।

आफूलाई दुःखको पहाड थिच्दा पनि मनीषले मनलाई काबुमा राखे । घर पुगेर पनि आफ्नो घरभित्र पसेनन्, किनभने कोविड संक्रमणका बिरामीको उपचार गर्दागर्दै अस्पतालबाट फकिएका उनी आफ्नो कारणले परिवारका सदस्यलाई कोरोना संक्रमण हुने डरले सर्तक बने । दुःखमा डुबेका मनीषले भने, ‘म मेरो घरको गेट नजिकै बसेँ । भोलिपल्ट छोरा हर्षितको दाहसंस्कार गरियो । म आफ्नो छोरालाई छुन सक्दिन, किनकि धेरै संख्यामा व्यक्ति अन्त्येष्टिमा सामेल थिए र मेरो स्पर्शले संक्रमण निम्त्याउन सक्छ ।’

उनले दुखित हुँदै भने ‘अब उनीसँग उनको छोराको मात्र सम्झना छ । केहि भिडियोहरू र तस्वीरहरू मोबाइल फोनमा छोराका सम्झनाहरू छन् । उनी घरबाहिर बसेर छोराको मृत्युपछिको कार्य गरिरहेका छन् । दुःखका बीच पनि उनी आफ्नो कर्तव्यप्रति भने दृढ छन् । एक–दुई दिनमा पुन आफ्नो कर्तव्य सुरू गर्ने बताउँन् । उनी भन्छन् ‘बिरामीहरूको सेवा गरेर केही सान्त्वना पाउँछु ।’

(स्रोत : भारतीय संचारमाध्यमबाट लिइएको हो । )

वि.सं.२०७७ वैशाख २४ बुधवार १७:१६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...