back
CTIZAN AD

प्रधानमन्त्री ओली उठेर हिडेपछि सचिवालय बैठक स्थगित

वि.सं.२०७७ वैशाख २४ बुधवार

720 

shares

२४ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक चल्दाचल्दै स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उठेर हिडेपछि बैठक रोकिएको थियो ।
नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली आराम गर्न भनि कोठा भित्र लागेको केही समयपछि उनी पुनः आएको बताइएको छ । तर बैठकमा सुरु भएका छलफलका विषयमा ओली रिसाएरै बैठक स्थल छोडेको एक अर्को सुत्रले बताएको छ ।

भोलि वैशाख २५ गते बस्ने भनिएको स्थायी समितिको बैठकको तयारीका लागि आजको सचिवालय एजेण्डा तयार गर्न बसेको थियो । दुई अध्यक्ष बीच सहमति गरी महासचिवमार्फत एजेण्डा पेश हुने भनिए पनि सो काम सम्पन्न नभएको पनि बताइएको छ ।

नेकपा भित्र दुई अध्यक्षको प्रष्ट कार्यविभाजन, अन्य नेताहरुको व्यवस्थापन तथा एक व्यक्ति एक पद जस्ता विषयलाई एजेण्डा बनाएर पार्टी एकतालाई अझ सुदृढ गर्ने भनिँदै आएको थियो । तर अचानक स्थगित भएको सचिवालय बैठकपछाडी भोलिको स्थायी समितिको बैठक अनिश्चित बनेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले वैशाख २० गतेको सहमति अनुसार एजेण्डा तयार गर्ने गृहकार्य नपुगेको कारण दुई अध्यक्ष फेरि छलफलमा बस्ने बताएका छन् ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १८:३३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...