back
CTIZAN AD

नेपालमा आज कोरोनाको अपडेट: एकैदिन १७ संक्रमित, आइसोलेशनमा १३६ र रेडजोनमा ३३३ जना

वि.सं.२०७७ वैशाख २४ बुधवार

777 

shares

२४ बैशाख, काठमाण्डौं । नेपालमा मंगलबार (बैशाख २४ सम्म) ६७ हजार ६६ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ९९१ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १४ हजार ९६ र आरडिटी प्रविधिबाट ५२ हजार ९७० जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा देशैभरी जम्मा २४६ मात्र वटा पिसीआर नमुना परीक्षण गरिएको हो । मंगलबारको तुलनामा पिसीआर र र्यापिड टेष्ट झण्डै ५९१ले कमी हो । मंगलबार एकैदिन १५८२ परीक्षण गरिएकोमा बुधवार ९९१ जनामा मात्र परीक्षण गरिएको हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ६ हजार ३२८, प्रदेश नं २ मा ५ हजार ७९७, बाग्मती प्रदेशमा ८ हजार ९४० , गण्डकी प्रदेशमा ६ हजार १९७, प्रदेश नं ५ मा ५ हजार ३३०, कर्णाली प्रदेशमा ५ हजार ५ हजार ९७७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४०१ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १९ हजार ७३४ जना रहेका छन् । जसमा प्रदेश नं १ मा २ हजार १८, प्रदेश नं २ मा १ हजार २५६, बाग्मती प्रदेशमा २६२, गण्डकी प्रदेशमा ६५७, प्रदेश नं ५ मा ७ हजार ८८४, कर्णाली प्रदेशमा ३ हजार ७५८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ८९९ जना रहेको स्वास्थ्य मन्त्रालयले बुधबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेसन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेसनमा १३६ जना रहेका छन् । जसमा उपत्यकामा ७ जना र बाहिरका अस्पतालमा १२९ जना रहेका छन् । साथै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना थपिएका हुन् । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

संक्रमितको संख्या ९९ पुग्यो
त्यसैगरी नेपालमा हालसम्म ९९ जनामा संक्रमण देखिएको छ । आज एकैदिन विरगन्जको पर्सामा १७ जनामा संक्रमण देखिएपछि क्रमितको संख्या ९९ पुगेको हो । हालसम्म संक्रमित हुनेमा पुरुष ७१ र महिला २८ जना रहेका छन् । आज संक्रमित भेटिएका १७ जनामध्ये १० पुरुष र ७ महिला छन् । उनीहरु वीरगन्ज महानगरपालिका ३ छपकैयाका स्थानीय वासिन्दा हुन् । संक्रमित हुनेमा २ महिनाको बालकसहित ६६ वर्षसम्मका रहेका छन् भने उनीहरु एकै परिवारका सदस्य रहेको बताइएको छ ।

कुन प्रदेशमा कति संक्रमित
हालसम्म संक्रमित भएकामध्ये प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ । सातैवटा प्रदेशमध्ये कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।
संक्रमित ९९ मध्ये ७१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेका छन् । जसमा रुपन्देही १, नेपालगन्ज २३, धनगढी १, भरतपुर १, विरगन्ज २६ र विराटनगर अस्पतालमा ३१ जना गरेर जम्मा ७१ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

डिस्चार्ज हुनेको संख्या २२ पुग्यो
त्यसैगरी आज डिस्चार्ज भएका ६ जनासहित हालसम्म २२ जना निको भएर घर फर्किइसकेका छन् । आज डिस्चार्ज हुनेमा उदयपुरको भुल्के मस्जिदमा बैशाख ५ र ६ गते भेटिएका १२ संक्रमित मध्ये ६ जना भारतीय नागरिक रहेका छन् । उनीहरुको तीनपटक गरिएको पिसीआर परीक्षणमा नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पताल विरगन्जले जनाएको छ ।

निको भएर घर गएका तीन जनामा पुनः संक्रमण देखियो
२४ बैशाख, काठमाण्डौं । कोरोना संक्रमणबाट निको भएर घर फर्र्किएका तीनजनामा पुनः कोरोना पोजेटिभ देखिएको छ ।
पुनः पोजेटिभ देखिएकामा बैशाख १४ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय दुई पुरुषमा पुनः पोजेटिभ देखिएको हो । उनीहरुको विरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी बैशाख ११ गते डिस्चार्ज भएका काठमाण्डौंका ५८ वर्षीय पुरुषमा पुनः पोजेटिभ देखिएको छ । फलोअपमा अस्पताल आएका उनको पुनः संक्रमण देखिएपछि पाटन अस्पतालमा उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

देशैभरी कोरोना परीक्षण कीटको अभाव
हाल देशैभरी कोरोना कीटको आभाव रहेको छ । कतिपय क्वारेन्टाइनमा रहेका र संभावित संक्रमितहरुको नमुना परीक्षणका कार्य रोकिएका छन् । स्वास्थ्य मन्त्रालयले कीटको अभावमा परीक्षण कम भएको र विहिबारसम्म सामग्री ल्याइने जानकारी समेत दिएको छ । कीटको अभावमा मंगलबार पिसीआर र र्यापिड प्रबिधिबाट १५८२ जनामा परीक्षण गरिएकोमा आज ९९१ जनामा मात्र गरिएको छ ।

नेपालगन्जमा कन्ट्रयाक ट्रेसिङ र परीक्षण बढाईयो
नेपालगन्जमा आइतबार १५ र मंगलबार ७ जनामा कोरोना संक्रमण भेटिएपछि भोली (बैशाख २५ गते) सम्मका लागि नेपालगन्जमा निशेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमतिहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक टे«सिङमा सहज होस् भनेर निशेधाज्ञा जारी गरिएको थियो । साथै नेपालगन्जमा कम्तिमा पनि ३०० जनामा कोरोनाको पिसीआर परीक्षण गरिने बताइएको छ । उक्त कार्य आज बिहानै देखि सुरु भएको छ ।

यसअघि शुक्रबार नेपालगन्जको डिएसपी रोडस्थित मोसीटोलका ६० वर्षीय वृद्धमा कोरोना संक्रमण भेटिएसँग्ै उनको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक ट्रेसिङमा थप संक्रमित भेटिएका छन् । संक्रमितहरुको नेपागन्जको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

एकसाताका लागि लकडाउन थप
त्यसैगरी आज बसेको मन्त्रिपरिषद् बैठकले थप एकसाताका लागि लकडाउन थप गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले थप ७ दिन लकडाउनको समय थप गरेको हो । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी रहेका थिए ।

यसअघि लकडाउनलाई केही खुकुलो बनाउने भनिएपनि पछिल्लो पटक नेपाल गन्ज र पर्सामा संक्रमितको संख्या ह्वात्तै बढेकाले लकडाउन यथावत राख्ने निर्णय गरिएको हो । साथै लकडाउनलाई कडा रुपमा पालना गर्न पनि अनुरोध गरिएको छ ।

नेपालमा ६६ हजार बढीमा कोरोना परीक्षण, आइसोलसनमा १२० र रेडजोनमा ३३० जना

वि.सं.२०७७ वैशाख २४ बुधवार १९:२९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...