back
CTIZAN AD

अति कार्यबोझ रहेको भन्दै अस्पतालको झ्यालबाट हाम फाले रसियाका तीन जना चिकित्सकले

वि.सं.२०७७ वैशाख २५ बिहीवार

783 

shares

२५ बैशाख, मस्को ।  कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो ।

विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ । रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्य्विधिमाथि प्रश्न उठाउँदै आएका छन् ।

चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरेमा जागीरबाट हटाइने धम्की दिने गरिएको चिकित्सकको भनाई छ ।

समाचारहरुमा अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमती राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो ।

रसियामा सयौंको संख्यामा चिकित्साकर्मीहरु नै कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

रसियाको राजधानी मस्कोबाट ५०० किलोमिटर दक्षिणस्थित भोरोनेज क्षेत्रमा कार्यरत डा अलेक्जान्डर शुलेपोभको गत मे २ मा आफू कार्यरत अस्पतालको दोस्रो तलाबाट हाम फालेका कारण ज्यान गएको थियो । कोरोना संक्रमित डा शुलेपोभको त्यही अस्पतालमा उपचार हुँदै थियो ।

पश्चिम साइबेरियाको क्रानोयास्र्क शहरमा अप्रिल २५ मा डा येलेना नेपोमन्यास्चाया नाम गरेकी चिकित्सकको अस्पतालकै पाँचौं तलबाट खसेर ज्यान गयो । उनको मे १ तारिखका दिन अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

त्यस्तै अप्रिल २४ मा मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर डा नताल्या लेभेदेभाको मृत्यु भयो । अस्पतालले दुर्घटनाबस नताल्याको निधन भएको बताए पनि स्थानीय संचार माध्यमहरुले डा नताल्यामाथि कोरोनाभाइससँग सम्बन्धित तनाब नै मुख्यरुपमा जिम्मेवार रहेका बताएका छन् ।

रसियामा १ लाख ६६ भन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको र एक हजार ५३७ जनाको ज्यान गइसकेको छ ।एपी

वि.सं.२०७७ वैशाख २५ बिहीवार २१:५७ मा प्रकाशित

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

तीनबुँदे सहमति कार्यान्वयन गर्न ओली–प्रचण्डद्वारा पाँचबुँदे निर्देशन जारी

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश...

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

प्रधानमन्त्रीले राजदूतहरूसँग गरेको भेटलाई अतिरञ्जित बनाउन आवश्यक छैन –कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री...

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

सरकारप्रतिको अविश्वास बढ्दै गएकाे कांग्रेसकाे निष्कर्ष 

काठमाडौँ । नेपाली कांग्रेसले सरकारप्रति नागरिकको अविश्वास बढ्दै गएको निष्कर्ष...

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

नाईमा मोविलिटी एक्स्पो–२०२६ भव्य उद्घाटन, एक्स्पोमा इभिको वर्चश्व

काठमाडौं । दोस्रो ‘नाइमा मोबिलिटी एक्स्पो‘ मंगलबार राजधानीमा भव्य उद्घाटन...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...