back
CTIZAN AD

गायक थापाको निधन

वि.सं.२०७३ पुस ८ शुक्रवार

1.3K 

shares

madhubabu

काठमाडौँ । लोकगायक मधुबाबु थापाको ६३ वर्षका उमेरमा पुस ७ गते निधन भएको छ ।

रेडियो नेपालमा करिब तीन दशकदेखि करार सेवामा कार्यरत थापाको सानेपास्थित निवासमा अचानक बेहोस भएपछि उपचारका क्रममा बागबजारस्थित मोडेल अस्पतालमा निधन भएको नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले जानकारी दिनुभयो । उहाँ आज बिहान रेडियो नेपालमा आफ्नो कार्यसम्पादन पूरा गरी घर फर्कनुभएको थियो ।

सायमीका अनुसार पिता प्रेमबहादुर तथा माता रेवादेवीबाट विसं २०१० वैशाख १५ मा दाङमा उहाँको जन्म भएको हो । उहाँले विसं २०३७ मा ‘आउ माया जालमा बुनु’ गीत पहिलो पटक रेडियो नेपालमा रेकर्ड गराउनुभएको थियो । शास्त्रीय, भजन, लोकगीत गरी करिब एक सय गीत गाउनुभएका दृष्टिविहीन थापा शास्त्रीय सङ्गीतमा तानपुरा बजाउनुहुन्थ्यो ।

उहाँका ‘काठमाडौँमा दोहरी’, ‘दशराग’ लगायत १० एकल तथा दुई युगल एल्बम प्रकाशित छन् । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने छ । थापाका तीन छोरा र एक छोरी हुनुहुन्छ । रासस

वि.सं.२०७३ पुस ८ शुक्रवार ०४:२० मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...