back
CTIZAN AD

एकैदिन ८ कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ३० पुग्यो

वि.सं.२०७७ वैशाख २६ शुक्रवार

783 

shares

२६ वैशाख, काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको संक्रमण हुनेको संख्या बढीरहेको छ तर हाम्रो लागि खुशीको कुरा हो, अहिलेसम्म  नेपालमा कोरोना संक्रमित देखिएका कसैले पनि ज्यान गुमाउनु परेको छैन ।

हालसम्म १०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३० जना बिरामी सन्चो भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो पनि खुशीको कुरा हो की कोही पनि संक्रमितलाई भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने अवस्था पनि आएको छैन ।

आज मात्र ८ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । यसरी डिस्चार्ज हुनेहरुमा भारतका एक पुरुष, विराटनगरका २ जना पुरुष र उदयपुरकी एक महिला र चार पुरुष रहेका छन् ।

उनीहरुको सोमबारदेखि लगातार गरिएको स्वाब परीक्षण रिपोर्टमा बिहीबार कोरोना भाइरस नेगेटिभ देखिएको थियो । भुल्केका १५ जनाको स्वाब परीक्षण गरिएकामध्ये ८ जनाको रिपोर्ट नेगेटिभ आएको र ७ जनाको रिपोर्ट पोजिटिभ नै आएको अस्पतालले जानकारी दिएको छ ।
डिस्चार्ज भएकाहरुलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिदाई गरेका थिए ।

डिस्चार्ज भएका उनीहरु आजै सिधै परिवारको सम्पर्कमा भने जान पाउँदैनन् । डिस्चार्ज भएका मध्ये एकजनालाई भुल्के र अन्य ७ जनालाई विराटनगर १५ रानीस्थित ‘रानी मरकज’ को क्वारेन्टिनमा पठाइएको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले बताइन् ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार १७:२४ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...