२९ बैशाख, काठमाडौँ । भारतीय क्रिकेट र्बोड बिसीसीआईले भारतीय क्रिकेट टिमलाई दुई टिममा बिभाजन गर्न गईरहेको छ ।
कोरोना भाइरसका कारण विश्व क्रिकेट जगतका सबै क्रिकेट खेलहरु स्थगित गरिएको छ । क्रिकेट खेलहरु स्थगित भएको कारणले क्रिकेट र्बोडहरुको आर्थिक अवस्था निकै कमजोर बनेको छ । भारतीय क्रिकेट र्बोडले बिसीसीआईले त्यहीँ आर्थिक अवस्थामा केही सुधार ल्याउनको लागि भारतीय क्रिकेट टिमलाई दुई विभाजन गर्न लागेको हो ।
बीसीसीआर्ईले भारतीय क्रिकेट टिमलाई टि २० र टेस्ट टिममा विभाजन गर्ने योजना बनाईरहेको छ । एक टिमलाई टि २० श्रृखला र एक टिमलाई टेस्ट श्रृखला खेलाउने बीसीआईको योजना रहेको छ । कोरोना भाइरसको कारणले गर्दा भारतमा हुने २०२० को आईपिएल पनि स्थगित भएको छ ।
वि.सं.२०७७ वैशाख २९ सोमवार १०:२५ मा प्रकाशित






























