back
CTIZAN AD

“हिमाल सुरक्षित छ” भन्ने सन्देश बोकेर विश्व किर्तीमानी महिला आरोहिहरु हिमाल चढ्ने

वि.सं.२०७३ पुस ८ शुक्रवार

1.1K 

shares

press-meet12
राजेन्द्र बराल, काठमाडौं । जलवायू परिवर्तनको न्यूनिकरण तथा नेपालको “हिमाल सुरक्षित ” छ भन्ने सन्देश बोकेर नेपाली महिला आरोहण टोलीद्धारा विश्वको तेस्रो अग्लो शिखर कंचनजंघा (८,५८६ मी) हिमालको आरोहण गर्ने भएका छन् ।
विश्वको पहिलो शिखर सगरमाथा, दोस्रो अग्लो शिखर केटु ( ८,६१२ मी पाकिस्तान) को सफल आरोहण गरिसकेको महिलाआरोहिहरुको टोलीले २०१७ को अप्रिल र मे महिनामा हिमालको आरोहण गर्ने बताएका छन् ।
जलवायू परिवर्तनले नेपाललाई मात्र नभएर विश्वमै नकारात्मक असर पार्दै आएको अवस्थामा थ्री वुमन थ्री टप (Three women Three top) भन्ने नाराका साथ कंचनजंघा हिमालको आरोहण गर्ने कार्यक्रम तय गरिएको आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
उक्त आरोहण दलमा विश्व किर्तीमानी माया शेर्पा, पासाङ ल्हामू र दाबा याङजोम शेर्पाको टोलीले शिखरबाट जलवायू न्युनिकरण सम्बन्धी सन्देश दिनेछन् ।

press-meet1

“वातावरणसँगै जलवायू परिवर्तनलाई न्युनिकरण गर्न राज्य र विश्वलाई सकारात्मक सन्देश दिन टोलीको मुख्य ध्येय हुनेछ । अर्कोतर्फ हिमालले दिदैँ आएको हाम्रो पहिचानलाई सार्थक बनाउन र पर्यटन विकासलाई विस्तार गराउन थप सहयोग पुग्नेछ । यस अबसरमा सन् २००७ मा सगरमाथा र २०१४ मा केटु हिमालको सफल आरोहण गरीसकेको सहर्ष जानकारी गराउादछौं ।” आरोहण दल द्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै विनासकारी भूकम्प र प्राकृतिक विपत्तिले नेपालको पर्यटन क्षेत्रलाई तहस नहस बनाएर विश्वमा पारेको नकरात्मक सन्देशले पर्यटन व्यवसायमा आँच आएको भन्दै टोलीले यसको सुधारमा विश्व सामु “हिमाल सुरक्षित छ ” भन्ने विश्वास दिलाउनु पनि  यो अभियानलाई निरन्तरता दिन लागेको बताएको छ ।
त्यसैगरी यस अभियानलाई सफल बनाउन राज्य, राजनीतिक दल, पर्यटन व्यवसायी, उद्योगी, व्यापारी, नागरिक समाज र सञ्चारमाध्यमलाई सहयोग (आर्थिक,प्रचार प्रसार) गरिदिन समेत अनुरोध विश्व किर्तिमानी महिला आरोहि तथा टोली प्रमुख माया शेर्पाले अनुरोध गरेकी छन् ।

वि.सं.२०७३ पुस ८ शुक्रवार ०८:२४ मा प्रकाशित

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...