back
CTIZAN AD

आज मंगलबार, यस्तो छ तपाईको राशिफल, आज क-कसलाई छ त शुभ ?

वि.सं.२०७७ वैशाख ३० मंगलवार

717 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिउँसोदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ । पेसामा प्रशस्त फाइदा हुनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अरूका लागि समय खर्चनुपर्ला । परिस्थिति अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ । मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । विशेष काममा जग बसाउने मौका जुट्नेछ । दिउँसोदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । साहसी काम गरेर लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । मध्याह्नदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको मेसो नमिल्दा केही अलमल हुनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते
सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । आफन्तहरू टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । उद्योग र व्यापारमा विशेष लाभ हुनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सोख र हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ योजना थाल्ने समय आएको छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ । आगन्तुकले पनि अलमल्याउन सक्छन् ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले फजुल खर्च बढाउनेछ । आँटेको काममा बाधा हुन सक्छ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।

वि.सं. २०७७ वैशाख ३० मंगलवार (इ.स. २०२० मे १२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज सोमबार, यस्तो छ तपाईको आजको राशिफल, हेर्नुहोस् कुन राशिकालाई छ त आज लाभ ?

वि.सं.२०७७ वैशाख ३० मंगलवार ०७:४९ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...