back
CTIZAN AD

यस्तो छ पछिल्लो कोरोना अपडेट, नेपालमा एकैदिन २४ संक्रमित थपिए

वि.सं.२०७७ वैशाख ३० मंगलवार

807 

shares

३० वैशाख, काठमाडौँ । नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) बाट अहिलेसम्म विश्वमा ४,२५४,८०० जनालाई संक्रमित भएका छन् भने २८३,८६० जनाको मृत्यु भएको छ । २४ घण्टामा ७४४९५ नयाँ संक्रमित थपिएका छन् भने ३४३३ जनाको मृत्यु भएको छ ।

संक्रमित मध्ये १,५२७,१४४ जना निको भएर घर फर्किएका छन् भने ४६९३६ जनाको अवस्था गम्भिर रहेको वोल्डोमिटरले जनाएको छ । संक्रमित भएका मध्ये ८४ प्रतिशत निको भएका छन् भने १८ प्रतिशतले ज्यान गुमाएको तथ्यांकले देखाउँछ ।

वल्र्डोमीटरका अनुसार सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,३८५,८३४ पुगेको छ भने ८१,७९५ जनाको को मृत्यु भएको छ । २४ घण्टामा १८१९६ भने १००६ जनाको मृत्यु भएको छ ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो स्पेन रहेको छ । स्पनेमा २६८,१४३ जनामा संक्रमण देखिएको छ भने २६,७४४ जनाको मृत्यु भएको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, बेलायत, रसिया, इटाली, फ्रान्स, जर्मनी, ब्राजिल, टर्की, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(८१,७९५) बेलायत दोेस्रो (३२,०६५), इटाली तेस्रो(३०,७३९), स्पेन चौंथोे(२६,७४४), फ्रान्स पाचौँ (२६,६४३), ब्राजिल छैठौँैँ (११,६५३), बेल्जियम सातौं(८,७०७), जर्मनी आठौं (७,६६१), इरान नवौँ (६,६८५), नेदरल्याण्ड दशौँ(५४५६) र चीन एघारौँ (४,६३३) देश रहेका छन् ।

रसियामा संक्रमित बढेको देखिन्छ २४ घण्टामा रसियाले इटालीलाई उछिनेको छ । तर संक्रमित बढेपनि मृत्यु संख्या भने २००९ जना मात्र रहेको छ ।

नेपालमा बढ्दै तथ्याङ्क :
अघिल्लो दिन अर्थात् सोमबार सबैभन्दा बढी संक्रमित थपिएका छन् । एकै दिन २४ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ३३ रहेको छ । हालसम्म १७,८२१ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको थियो भने । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि लागू हुनेगरी गरेको लकडाउन जेठ ५ गतेसम्मलाई लम्ब्याएको छ । लकडाउनको ४९ औँ दिनमा हामी छौँ ।

अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ६७,८४८ जना संक्रमित रहेको र २,२१२ जनाको मृत्यु भएको देखिन्छ । पछिल्लो २४ घण्टामा २९२० संक्रमित देखिएका छन् भने ८२ जनाको मृत्यु भएको छ । संक्रमितको हिसाबमा भारत १४ औँ स्थानमा रहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:५५ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...