back
CTIZAN AD

जसप्रित बुमराहको पहिलो विकेट थिए यी खेलाडीहरु

वि.सं.२०७७ वैशाख ३० मंगलवार

786 

shares

३० बैशाख, काठमाडौँ । क्रिकेट खेलाडीका लागि आफ्नो डेब्यु खेल निक्कै महत्वपुर्ण हुने गर्दछ । भारतका युवा फास्ट बलर जसप्रित बुमराहको सबै फरम्याटको डेब्यु खेल भने निकै नै उत्कृष्ट रहेको थियो । जसप्रित बुमाराहले आफ्नो डेब्यु खेलमा नै विश्वका सर्वश्रेष्ठ ब्याट्सम्यानहरुलाई आउट गरेका थिए ।

आईपिएल डेब्यु

जसप्रित बुमराहले आफ्नो नाम पहिले आईपिएलबाट बनाए । २०१३ उनले मुम्बई इंडियन्सबाट आईपिएलमा डेब्यु गरेका थिए । रोयल च्यालेन्जर्स विरुद्धको डेब्यु खेलमै उनले कप्तान विराट कोहलीको विकेट हात पारेका थिए । उनले विराट कोहलीलाई २४ रनमा आउट पारेका थिए ।

एकदिवसीय डेब्यु

बुमराहले २०१६ मा अष्ट्रेलिया विरुद्धको खेलबाट एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । अष्ट्रेलिया विरुद्धको डेब्यु खेलमा उनले अष्ट्रेलियाका कप्तान स्टिवन स्मीथको विकेट हात पारेका थिए । उनले स्टिवन स्मीथलाई २८ रनमा आउट पारेका थिए ।

टि २० डेब्यु

बुमराहले २०१६ मै अष्ट्रेलिया विरुद्धको खेलबाट टि २० अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । अष्ट्रेलिया विरुद्धको डेब्यु खेलमा उनले अष्ट्रेलियाका उपकप्तान डेविड वार्नरको विकेट हात पारेका थिए । उनले डेविड वार्नरलाई १७ रनमा आउट पारेका थिए ।

टेस्ट डेब्यु

बुमराहले २०१८ मा दक्षिण अफ्रिका विरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । दक्षिण अफ्रिका विरुद्धको डेब्यु खेलमा उनले दक्षिण अफ्रिकाका विस्फोटक व्याट्सम्यान एबी डि भिलियर्सको विकेट हात पारेका थिए । उनले एबी डि भिलियर्स लाई ६५ रनमा आउट पारेका थिए ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:२४ मा प्रकाशित

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...