back
CTIZAN AD

रुपन्देहीका पहिलो कोरोना संक्रमित २५ वर्षीय युवा घर फिर्ता

वि.सं.२०७७ वैशाख ३० मंगलवार

702 

shares

३० बैशाख, रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमण भएका पहिलो व्यक्ति आज घर फर्केका छन् । जिल्लाको कोटहीमाई गाउँपालिका पुर्निहवका २५ वर्षीय युवक कोरोनामुक्त भएर घर फर्किएका हुन् ।

उनको तेस्रो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।

कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्पतालमा वैशाख १९ गते भर्ना गरेर उपचार गरिएको थियो । “लगातार दुई पटकसम्म कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरेका हौंँ”, मेसु डा खनालले भने, “रिपोर्ट नेगेटिभ देखिए पनि तत्काललाई १२ दिन घरमै क्वारेन्टाइन बस्न सल्लाह दिएर पठाएका छौँ ।”
रोजगारीका लागि भारतमा गएका उनी वैशाख ५ गते भारतबाट लुकिछिपी नेपाल पसेका थिए । गाउँलेले उनी आएको जानकारी स्थानीय प्रशासनलाई दिएपछि स्थानीय क्वारेन्टाइनमा पठाइएको थियो ।
क्वारेन्टाइनमै रहेका बेला उनीलगायत ३० जनाको स्वाब परीक्षण गर्दा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा बस्दा उनले गीतसंगीतमा तथा नृत्यमा लागेर रमाइलो गर्ने गरेका थिए ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार २०:३१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...