back
CTIZAN AD

प्रदेश २ बाट वाग्मती प्रदेश प्रवेश गर्ने नाका बन्द हुने

वि.सं.२०७७ वैशाख ३० मंगलवार

693 

shares

रिपेश दाहाल,३० बैशाख, हेटौँडा । प्रदेश दुई हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका भोलिदेखि बन्द गरिने भएको छ । प्रदेशसँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण फैलिएपछि मकवानपुरको कमाण्ड पोष्टले चुरियामाई हुँदै हेटौँडा आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।

देशमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि र छिमेकी जिल्लाहरुमा समेत कोरोनाको सङ्क्रमण फैलिएपछि मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अग्रसरतामा सरोकारवालाहरुको विशेष बैठक बसेको थियो । बैठकपछि जिल्ला कमाण्ड पोष्टमार्फत लकडाउनलाई समेत कडा बनाउने निर्णय भएको प्रमुख खुलालले जानकारी दिए । कमाण्ड पोष्टको आजको बैठकले अन्य जिल्लाबाट मकवानपुर प्रवेश गर्ने नाकाहरुमा समेत कडाइ गर्ने निर्णय गरेको छ । बैठकले खाद्यान्न तथा ग्यास पसल बिहान ९ बजेसम्म, औषधि तथा भेटेरिनरी एवं मलबीउ जस्ता कृषि पसललाई दिनभरि खोल्न दिने निर्णय गरेको छ ।

बैठकले जेठ १ गतेबाट भने माछामासु तथा तरकारी बजार पूर्णरुपमा बन्द गर्ने, बैैंकलाई भीडभाड नहुने गरी बिहान १० देखि ३ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ ।

त्यस्तै हेटौँडाको चुरेक्षेत्रको वनजङ्गलबाट समेत तराईका जिल्लाबाट मानिसहरु आउने गरेको पाइएकाले उनीहरुलाई रोक्नका लागि त्यस क्षेत्रका वडा अध्यक्ष र स्थानीय समेतको समिति बनाएर नियन्त्रणको काम गर्ने निर्णय भएको बैठकमा सहभागी हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयोे । हेटौँडामा कोरोना भाइरस भित्रन नदिनका लागि धेरै खालका उपाय अपनाउन लागिएको उनले बताए । रासस

वि.सं.२०७७ वैशाख ३० मंगलवार २०:३७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...