back
CTIZAN AD

भारतमा कोरोनाको कहरः महाराष्ट्रका मात्रै एक हजार बढी प्रहरीमा संक्रमण

वि.सं.२०७७ वैशाख ३० मंगलवार

669 

shares

३० वैशाख, मुम्बई । भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले मङ्गलबार जानकारी गराएको छ ।

मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित भएका भेटिएको छ । मङ्गलबारसम्ममा एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सातको मृत्यु भएको छ । सङ्क्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमणपछि चिकित्सकको निगरानीमा उपचार सेवा लिइरहेका ८८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७९६ जना प्रहरी जवान रहेका छन् ।

मङ्गलबारसम्ममा भारतभर ७१ हजार ४४१ व्यक्ति सङ्क्रमित रहेकोमा सबैभन्दा बढी महाराष्ट्रमा २३ हजार ४०१ व्यक्ति सङ्क्रमित रहेका छन् भने यीमध्ये दुई हजार ३१० व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ । मङ्गलबारसम्म देशभर २३ हजार ४९ व्यक्ति निको भई घर फर्किएका छन् ।

यसैबीच, महाराष्ट्रमा महामारीको स्थितिबारे बुझ्न प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रका मुख्य मन्त्रीसँग भिडियोमार्फत कुराकानी गरेका थिए । मुख्यमन्त्री उद्धव ठाकरेले प्रधानमन्त्री मोदीसँग संघीय (केन्द्र) सरकारबाट थप सहयोगको लागि माग गरेको बताइएको छ । सिन्ह्वा

वि.सं.२०७७ वैशाख ३० मंगलवार २१:०० मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...