back
CTIZAN AD

थाइल्याण्डले विदेशबाट फर्किएका १० हजार बढी नागरिकलाई क्वारेन्टाइनमा राख्यो

वि.सं.२०७७ वैशाख ३० मंगलवार

726 

shares

३० बैशाख, बैकक । छिमेकी देशहरुबाट फर्केका करिब १० हजार थाई नागरिकलाई तत्काल क्वारेन्टाइनमा राखिएको एक सरकारी अधिकारीले मंगलबार जानकारी दिएका छन् ।
थाईल्याण्डका सीमा क्षेत्रहरुमा गत अप्रिल १८ देखि अड्किएका १० हजार २९८ व्यक्ति फर्किएका सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।

कामको शिलशिलामा छिमेकी देश पुगेका र हाल कोभिड–१९ को कारण स्वदेश फर्केका ती थाई नागरिकलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको हो । स्वदेश फर्किएका ती नागरिकहरुमा मलेसियाबाट ८ हजार ९१२, म्यानमारबाट ६९१, लाओसबाट ३९९ क्याम्बोडियाबाट २९६ जना रहेका छन् ।

गत महिनाको शुरुमा थाईल्याण्डको सीमा क्षेत्रमा नरहेका देशहरुबाट पनि ६ हजार ७०० थाई नागरिक स्वदेश फर्किएका छन् । यी सवैलाई पनि १४ दिनको क्वारेन्टाइनमा राखिएको थियो ।

थाईल्याण्डका कोरोना भाइरसको कारण ३ हजार १७ जनामा संक्रमित रहेका छन् । यस प्रकोपका कारण ५६ मृत्यु भएको छ, भने २ हजार ७९८ निको भएर फर्किएका छन् । सिन्हवा

वि.सं.२०७७ वैशाख ३० मंगलवार २१:१४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...