back
CTIZAN AD

विहिबारदेखि आवत-जावतमा थप कडाईः पास भएपनि अर्को जिल्लामा जान नपाइने

वि.सं.२०७७ वैशाख ३० मंगलवार

591 

shares

नारायण ढुङ्गाना ,३० बैशाख, काठमाडौँ । कोभिड-१९ को सङ्क्रमण रोक्न गृह मन्त्रालयले आवश्यक सुरक्षा सावधानीमा थप सतर्कता अपनाउने भएको छ ।

यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्काे जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै आवतजावतमा कडाइ गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक जिल्लाबाट अर्काे जिल्लामा मानिसहरुको अनावश्यक प्रवेश भएको र उपत्यकामा समेत भीडभाड बढेको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए । उनका अनुसार उक्त नियम आगामी बिहीबारबाट लागू हुनेछ ।

काठमाडौँ उपत्यकाको तीन जिल्लाका लागि भने उक्त नियम लागू हुनेछैन । यद्यपि कुनै जिल्लामा जानै पर्ने अवस्था आएमा जुन जिल्लामा जानुपर्ने हो त्यही जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिने भएको छ । काठमाडौँ उपत्यका आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति आवश्यक पर्नेछ ।

यस्तै सरकारले सञ्चालनको अनुमति दिएका सवारीको हकमा अहिले परिचयपत्र देखाएर जाने गरिएकामा अब भने नियामक निकायबाट जारी हुने पास अनिवार्य गर्न लागिएको छ । पासको दुरुपयोग भएको र पास नभएकाहरु समेत जथाभावी निस्कने गरेकाले उक्त व्यवस्था लागू गर्न लागिएको हो ।

गृह प्रवक्ता शर्माले भने, “आज सुरक्षा अवस्थाको समीक्षा भयो, अनावश्यक मानिसको चहलपहल केही बढी देखियो, सेवा बढ्दा चहलपहल बढ्नु स्वाभाविकै हो तर चाहिनेभन्दा बढी पास लिने, फोर्स लगाउने काम भयो, त्यसलाई नियन्त्रण गर्न त्यस्तो व्यवस्था गर्ने निर्णय गरिएको छ, यो नियम बिहीबारबाट लागू हुन्छ ।”

मुलुकमा पछिल्लो समयमा बढी मात्रामा सङ्क्रमित व्यक्ति पहिचान हुन थालेपछि मानिसको आवतजावतमा कडाइ गर्नुपर्ने आवश्यकताका कारण उक्त निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ ।
आज एकै दिन ५७ जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएपछि गृह सचिव महेश्वर न्यौपानेको नेतृत्वमा तीनवटै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । उक्त बैठकले लकडाउनलाई थप व्यवस्थित बनाउँदै आवतजावतमा थप कडाइ गर्ने निष्कर्ष निकालेको हो । अन्तर जिल्लाका लागि अहिलेसम्म बाँडिएका त्यस्ता पास रद्द गर्ने निर्णय पनि भएको जनाइएको छ ।

लकडाउन थपिएको अवस्थामा जेठ ५ गतेबाट भने सबै पास रद्द गरेर नयाँ पासको व्यवस्था गर्ने समेत बैठकको निष्कर्ष रहेको जनाइएको छ । मुलुकमा आजसम्म कूल १९१ जना कोभिड–१९ का बिरामी फेला परेका छन् ।

यद्यपि यसअघि सञ्चालन भइरहेका अत्यावश्यक मालसामान ओसारपसार गर्ने र स्वास्थ्योपचारको सिलसिलामा हुने आवागमन भने कायमै राखिएको छ ।

मन्त्रालयले आज पास सम्बन्धमा जारी गरेको परिपत्रअनुसार एक जिल्लाबाट अर्काे जिल्लामा जाने गरी यसअघि जारी गरिएको पास सबै रद्द गर्ने, काठमाडौँ उपत्यकामा आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने, अत्यावश्यक कामका लागि एक जिल्लाबाट अर्काे जिल्लामा जानु पर्ने भएमा पास जारी गर्ने जिल्लाले जानुपर्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्ने छ ।

यस्तै पास स्वीकृतिका लागि अनुरोध गर्दा प्रयोजन र पुष्ट्याइँ समेत खुलाउनुपर्ने, उपत्यका प्रवेशका लागि पास जारी गर्दा पासमा गृह मन्त्रालयको स्वीकृति नम्बर समावेश गर्नुपर्ने तथा जारी भएको पास बिना एक जिल्लाबाट अर्काे जिल्ला जान लागेको अवस्था फेला परेमा शुरु जिल्लाले अर्काे जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र जारी गरेको छ ।

पछिल्लो समयमा मुलुकभर लकडाउन जारी भए पनि मानिसको आवागमन निक्कै बाक्लिएको छ । तर विभिन्न जिल्लाले भने यसअघि नै अन्तरजिल्लाको पास जारी नगर्ने निर्णय गरिसकेको छ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार २१:२७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...