back
CTIZAN AD

साउदीमा कोरोना संक्रमित नेपालीको संख्या ६७४ पुग्यो, १ को मृत्यु

वि.सं.२०७७ वैशाख ३० मंगलवार

684 

shares

३० बैशाख, साउदी । साउदीमा तिब्र रुपमा बढ्दै फैलदै गरेको कोेरोना भाइरस (कोभिड -१९)का कारण हालसम्म ६७४ जना नेपाली संक्रमित भएका छन् जसमा १ जनाको मृत्यु भएको छ ।

नेपाली दूतावास साउदीले मंगलबार दिएको जानकारी अनुसार साउदीमा हालसम्म ६७४ जना नेपाली कामदार संक्रमित भएको त्यहाँको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले जानकारी दिएको छ ।
प्राप्त विवरण अनुसार क्षेत्रगत रुपमा हेर्दा साउदी अरबको पूर्वी क्षेत्रमा (जहाँ नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको छ) ३३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जजान आदि) मा १४८ जना, रियाद क्षेत्रमा १७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएको दूतावासले दिएको जानकारीमा उल्लेख छ । जसमा ११ जना नेपाली महिला संक्रमति भएका छन् ।

दूतावासका अनुसार संक्रमित भएका मध्ये कैंयौँ जना निको भई काममा फर्किसकेका छन् । साउदी सरकारले दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भए देखि विभिन्न कारणले मृत्युभएका ३१ नेपाली नागरिकहरु मध्ये १ जना नागरिकको कोरोना संक्रमणबाट मृत्युभएको छ । तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाई पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको छ पनि दूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्रीद्धारा राजदूतहरुसँग भिडियो संवाद

दूतावासले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीका मुख्य गन्तव्य मुलुकका लागि नेपाली राजदूतहरुसँग आज एक भिडियो सम्बाद गरी कोरोना संक्रमणको पछिल्लो अवस्था, नेपाली श्रमिकहरुमा संक्रमण अवस्था र प्रभाव, रोजगारी, खाना र आवासको अवस्था, श्रमिक समस्याको प्रकृति र समस्यामा परेका कामदारहरुको प्राथमिकताको आधारमा स्वदेश फिर्ति लगायतका आवश्यकताका विषयमा जानकारी लिनुका साथै आवस्यक निर्देशन दिएको दूताासले बताएको छ ।
मन्त्रीसँगको संवादमा राजदूत प्रा।डा। महेन्द्र प्रसाद सिंह राजपुतले कोरोना संक्रमणको महामारीमा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरुले भोगेका समस्या, नेपाली समुदायसँगको सहकार्यमा नेपाली राजदूतावासले गरेका समाधानका पहल, समस्यामा भएकाहरुको प्राथमिकताका साथ उद्धारको आवश्यकता लगायतका विषयमा जानकारी गराएका थिए ।

साउदीमा झण्डै ४३ हजारमा कोरोना संक्रमण
साउदीमा आज (१२ मे) सम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४२ हजार ९२५ पुगेको छ । आज एकैदिन १,९११ जनामा संक्रमण भएको पुष्टि भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १५ हजार २५७ जना निको भएका छन् । आज एकै दिन २ हजार ५२० जना निको भएका छन् ।

त्यसैगरी आज ९ जना सहित २६४ जना संक्रमितको मृत्यु भएको पनि साउदी अधिकारीहरुले जानकारी दिएका छन् ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार २३:१६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...