३१ बैशाख, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार ६ सय ३६ पुगेको छ ।
अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ८३ हजार नाघेको छ । अहिलेसम्ममा अमेरीकामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ८३ हजार ४ सय २५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरीकामा २२ हजार ८ सय २ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार ६ सय ३० जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ वैशाख ३१ बुधवार ०७:०६ मा प्रकाशित






























