back
CTIZAN AD

खाजाखर्च कटाएर भूकम्पपीडित बालबालिकालाई न्यानो कपडा

वि.सं.२०७३ पुस ८ शुक्रवार

1.1K 

shares

 ८ पुस,काभ्रे । जिल्लाका चार सामुदायिक विद्यालयका बालबालिकालाई चिसोबाट जोगाउन खाजाखर्च कटाएर ‘हामी सक्छौँ नामक’ संस्थाले न्यानो कपडा वितरण गरेका छन् ।

‘नेपालमै बसेका युवाले खाजाखर्च कटाएर केही गराँै’ भन्ने भावनाले खोलेको संस्थासँग समन्वय गरेर पत्रकार केशवराज पौडेल र रोजन तामाङ मार्फत काभ्रेका चारवटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको संस्थाका कार्यक्रम संयोजक नवीन लिङ्खाले बताउनुभयो ।

चिसो बढेसँगै अस्थायी टहरामा विद्यार्थीलाई समस्या देखेपछि ग्रामीण भेगमापर्ने सामुदायिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण कार्य सुरु गरिएको पत्रकार केशवराज पौडेलले बताउनुभयो ।

‘काभ्रेका चार सामुदायिक विद्यालयका ५०० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएका छौं’ –पौडेलले भन्नुभयो । संस्थाले उग्रतारा जनागालस्थित जनज्योति मावि, महादेवस्थानस्थित श्री भवानी निमावि, मङ्गलटारस्थित भूमेस्थान प्रावि र छत्रेपिपल प्राविका सबै विद्यार्थीलाई कपडा उपलब्ध गराएको हो ।

जनज्योति माविका शिक्षक ज्ञाननाथ पाठकले पत्रकारकै सहयोगका कारण आयस्रोत कमजोर भएका परिवारका बालबालिकाले न्यानो कपडा पाएको बताउनुभयो । रासस

वि.सं.२०७३ पुस ८ शुक्रवार १०:५९ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...