back

खाजाखर्च कटाएर भूकम्पपीडित बालबालिकालाई न्यानो कपडा

वि.सं.२०७३ पुस ८ शुक्रवार

675 

shares
GLOBAL IME AD
NTC AD

 ८ पुस,काभ्रे । जिल्लाका चार सामुदायिक विद्यालयका बालबालिकालाई चिसोबाट जोगाउन खाजाखर्च कटाएर ‘हामी सक्छौँ नामक’ संस्थाले न्यानो कपडा वितरण गरेका छन् ।

‘नेपालमै बसेका युवाले खाजाखर्च कटाएर केही गराँै’ भन्ने भावनाले खोलेको संस्थासँग समन्वय गरेर पत्रकार केशवराज पौडेल र रोजन तामाङ मार्फत काभ्रेका चारवटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको संस्थाका कार्यक्रम संयोजक नवीन लिङ्खाले बताउनुभयो ।

चिसो बढेसँगै अस्थायी टहरामा विद्यार्थीलाई समस्या देखेपछि ग्रामीण भेगमापर्ने सामुदायिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण कार्य सुरु गरिएको पत्रकार केशवराज पौडेलले बताउनुभयो ।

‘काभ्रेका चार सामुदायिक विद्यालयका ५०० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएका छौं’ –पौडेलले भन्नुभयो । संस्थाले उग्रतारा जनागालस्थित जनज्योति मावि, महादेवस्थानस्थित श्री भवानी निमावि, मङ्गलटारस्थित भूमेस्थान प्रावि र छत्रेपिपल प्राविका सबै विद्यार्थीलाई कपडा उपलब्ध गराएको हो ।

जनज्योति माविका शिक्षक ज्ञाननाथ पाठकले पत्रकारकै सहयोगका कारण आयस्रोत कमजोर भएका परिवारका बालबालिकाले न्यानो कपडा पाएको बताउनुभयो । रासस

वि.सं.२०७३ पुस ८ शुक्रवार १०:५९ मा प्रकाशित

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी...

कारको ठक्करबाट बालकको मृत्यु

कारको ठक्करबाट बालकको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु...