१ जेठ, काठमाण्डौं । सरकारले लकडाउनका बेला पास नचाहिने सवारी साधनहरुको विवरण प्रकाशित गरेको छ ।
गृहमन्त्रालयका अनुसार लकडाउनको समयमा एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, कुटनैतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघसंस्थाहरु, प्रेस काउन्सीलबाट जारी भएका प्रेस पास प्राप्त संचारकर्मीहरु ।
त्यसैगरी स्वास्थय सेवामा खटिएका चिकित्सक, नर्स, फर्मासिस्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औषधि उत्पादन ढुवानी र विक्रि वितरणमा संलग्न जनशक्तिहरु, खानेपानीको मर्मत सम्भार र वितरणमा संलग्न जनशक्तिहरु ।
फोहोर मैला व्यवस्थापनमा परिचालित जनशक्ति, ठूला खाद्यस्टोरमा कार्यरत जनशक्ति तथा अत्यावस्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबाहक सवारी साधन रहेका छन् ।

वि.सं.२०७७ जेठ १ बिहीवार ०९:०६ मा प्रकाशित






























