back
CTIZAN AD

कपडा, कपाल, दाह्री, जुत्ता, चप्पलबाट पनि कोरोना संक्रमण सर्न सक्छ

वि.सं.२०७७ जेठ १ बिहीवार

1.6K 

shares

भर्खरै प्राप्त जानकारी अनुसार पूर्वोत्तर चीनको जिलिन प्रान्तमा एक लुगाधुने कामदारले एकदर्जन अरुलाई कोरोना भाइरसद्वारा संक्रमित गरेको भन्ने बताईएको छ।

अनुसन्धानले पनि देखाएको छ कि कपडा फेर्ने कोठामा (Changing Room) जीवाणु धेरै हुन सक्छन, त्यहिकारणले ति लुगा धुने कामदारले आफूले लगाईरहेका वा धुन भनेर लगेका लुगाहरूबाट संक्रमित भएको हुनसक्छ, भन्ने कुरा रोग नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्रका महामारी विज्ञले बताए । स्थानीय मानिसहरुको भनाइ अनुसार यो भाइरस ति महिलाबाट उनको श्रीमान, तीन बहिनीहरू, परिवारका अन्य सदस्यहरू त्यसपछि उनीहरुको सम्पर्कमा आएका नजिकका व्यक्तिहरुमा फैलिएको भनिन्छ। यसको मतलब कपडा फेर्ने कोठा (Changing Room) , ड्युटी गर्ने कोठा (Duty Station), Laundry Room),स्वास्थ्यकर्मी साथै सरसफाईसंग सम्बन्धित व्यक्तिहरु पनि कोरोना भाइरस सार्ने प्रमुख श्रोत हुन सक्छन्।

हाम्रो देश नेपालको विभिन्न भागमा पनि स्वास्थ्यकर्मी लगायत सफाईमा काम गर्ने व्यक्ति संक्रमित भएको कुरा समाचारमा आइसकेको छ भने अर्कोतिर दिन प्रतिदिन संक्रमितको संख्या पनि बढ्दै छ।

अब हामीले बुझनुपर्ने अति आवस्यक कुरा के छ भने व्यक्तिगत सरसफाईमा ध्यान दिउ, कार्यालयमा काम गर्दा लगाएको कपडाहरुलाई अलगै राखौ । कपडाहरुलाई राम्रोसंग साबुनले धोएर वा निर्मलीकरण गरेर घाममा कम्तिमा पनि ५-७ घण्टा राखौ त्यसपछि मात्र पुनः प्रयोग गरौ । वास्तवमा भाइरस कतिबेरसम्म कपडामा बच्न सक्छ भन्ने कुरा यकिनछैन तथापी ५-७ घण्टासम्म घाममा सुकाऊदा भाइरस मर्छ भन्ने अनुसन्धानले देखाएको छ।

यदि तपाई स्वास्थ्य सेवा प्रदायक, वा फोहोर व्यवस्थापन कामदार अथवा कोरोना भाइरस संक्रमित बिरामीको नजिक भएर काम गर्नुहुन्छ भने कपडा धुनुका साथसाथै ब्यक्तिगत सरसफाई र अन्य सुरक्षा उपायहरू अबलम्बन गर्नको लागि बिशेष ध्यान दिन जरुरी देखिन्छ। त्यस्तै यदि तपाई कोरोना भाइरसको संक्रमण फैलिएको क्षेत्रमा बसोबास गर्नुहुन्छ भने बाहिरबाट घरमा फर्कदा पनि तपाई धेरै सतर्क हुनुपर्दछ।

कपडा सफा गर्ने वा कीटाणुरहित गर्न कोरोना भाइरसको जोखिमको स्तरमा भरपर्छ। यदि तपाईलाई लाग्छ कि तपाईको लुगा भाइरसको संसर्गमा परिसक्यो भने तपाई घरमा पुग्ने बित्तिकै सुरक्षित रूपले धुनुहोस्, कम्तिमा दुई मिनेटको लागि फोम बनाउँदै साबुन वा डिटरजेन्टको प्रयोग गरी धुनुहोस्र । धोएपछि घाममा कम्तिमा ५-७ घण्टा सुकाउनुहोस्। कपडाहरु धुँदा मास्क र रबर ग्लोभ लगाउनुहोस्। तपाईले आफ्नो लुगा धुँदैहुन्छ भने मुखमा मास्क तथा हातमा पन्जा लगाउनुहोस सकभर तातोपानिले धुनुहोस्, कपडा धोइसकेपछि हातको सरसफाई गरेर सेनिटाइजर प्रयोग गर्नुहोस।

यदि तपाईले घरबाहिर हुदा शारीरिक दूरी कायम राख्नु हुन्छ भने कोरोना भाइरस कपडामा टाँसिने सम्भावना कम हुन्छ । त्यसैले कोरोना भाइरसको रोकथाम गर्न शारीरिक दूरी (दुई मिटर), हातको सरसफाई (बारम्बार हात धुने) र श्वासप्रश्वासको स्वच्छता (टिस्यो पेपर, रुमाल, मास्क वा कुहिनोको साथ मुख र नाक ढाक्ने) नै प्रमुख उपाय हुन्।

घर बाहिर निक्लदा घडी, हातको औठी हरु, कान को रिङ्ग, वा नाक को फुलिहरु लगाउनु हुदैन ।

कपाल, दाह्री, जुत्ता, चप्पल
तपाईंको कपाल र दाह्रीले पनि भाइरस समात्न सक्छ । त्यसकारण आफ्नो कपाल र दाह्रीमा ध्यान दिनुहोस् । तिनीहरूलाई सधै सफा राख्नुहोस् । तपाईले लगाएको जुत्ता चप्पलले पनि भाइरस सर्न सक्छ जुन कुरा भर्खरै चिनमा गरिएको नयाँ अध्यनले देखाएको छ। त्यसले बाहिरबाट घरमा पुग्दा जुत्ता चप्पल अलक्ष्गै राख्ने तातोपनिले धुने अथवा साबुनको फीजमा ५ मिनेट डुबाएर सफासंग धुने र घाममा सुकाउने।

कपडाहरु धुने तरिका:
१) कपडाहरु धुँदा सकभर तातोपानीको प्रयोग गर्नुपर्छ।
२) बिरामी भएको व्यक्तिको फोहोर लुगा धुने कामको लागि डिस्पोजेबल पञ्जा लगाउनुहोस्।
३) बिरामी भएको व्यक्तिका फोहर लुगा धुने काम अन्य व्यक्तिहरूका लुगासंग धुनु हुदैन।
४) कपडाहरुलाई सफा र कीटाणुरहित गर्नुहोस्।
५) कपडाहरु धोईसकेपछि तुरुन्तै साबुनले हातहरू धुनुहोस र सेनिटाइजर प्रयोग गर्नुहोस।

वि.सं.२०७७ जेठ १ बिहीवार ०९:०३ मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...