back
CTIZAN AD

३ लाख बढीको मृत्यु, ४५ लाख भन्दा बढीमा संक्रमण

वि.सं.२०७७ जेठ २ शुक्रवार

900 

shares

२ जेठ, काठमाडौँ । २१३ देशमा फैलिएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) बाट अहिलेसम्म विश्वमा ४५ लाख बढीमा कोरोना भएको छ ।

वोल्डोमिटरका अनुसार ४,५२५,४२० जनालाई संक्रमित भएका छन् भने ३०३,३७१ जनाको मृत्यु भएको छ । २४ घण्टामा ९७,१८२ नयाँ संक्रमित थपिएका छन् भने ५२८८ जनाको मृत्यु भएको छ ।

संक्रमित मध्ये १,७०३,८०८ जना निको भएर घर फर्किएका छन् भने ४,५५६० जनाको अवस्था गम्भिर रहेको वोल्डोमिटरले जनाएको छ । संक्रमित भएका मध्ये ८५ प्रतिशत निको भएका छन् भने १५ प्रतिशतले ज्यान गुमाउने गरेको तथ्यांकले देखाउँछ ।

तथ्यांक अनुसार सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या १,४५७,५९३ पुगेको छ भने ८६,९१२ जनाको मृत्यु भएको छ । २४ घण्टामा २७,२४५ नयाँ संक्रमित थपिएका छन् भने १,७१५ जनाको मृत्यु भएको छ ।
संक्रमितको हिसाबमा अमेरिका पछि दोस्रो स्पेन रहेको छ । स्पेनमा २७२,६४६ जनामा संक्रमण देखिएको छ भने २७,३२१ जनाको मृत्यु भएको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, रसिया, बेलायत, इटाली, ब्राजिल, फ्रान्स, जर्मनी, टर्की, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(८६,९१२) बेलायत दोेस्रो (३३,६१४), इटाली तेस्रो(३१,३६८), फ्रान्स चौंथो (२७,४२५), स्पेन पाचौँ (२७,३२१), ब्राजिल छैठौँैँ (१३,९९९), बेल्जियम सातौं(८,९०३), जर्मनी आठौं (७,९२८), इरान नवौँ (६,८५४), नेदरल्याण्ड दशौँ(५,५९०), क्यानडा एघारौँ(५,४७२) र चीन बाह्रौँ (४,६३३) देश रहेका छन् ।

मृत्यु हुने संख्यामा २४ घण्टामा फ्रान्सले स्पेनलाई उछिनेको छ ।

नेपालमा बढ्दै तथ्याङ्क :
बिहिबार नेपालमा ६ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ३६ रहेको छ । हालसम्म २२,६६४ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अर्को छिमेकी देश भारतमा तथ्याङ्क बढ्दो छ । ८१,९९७ जना संक्रमित रहेको र २,६४९ जनाको मृत्यु भएको देखिन्छ । पछिल्लो २४ घण्टामा ३९४२ संक्रमित देखिएका छन् भन ९८ जनाको मृत्यु भएको छ । संक्रमितको हिसाबमा भारत १ औँ स्थानमा रहेको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क :

 

वि.सं.२०७७ जेठ २ शुक्रवार ०८:५९ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...