back
CTIZAN AD

‘कृषी मन्त्रीज्यू, गाउँको कृषि विकासका लागि तत्कालै यी काम गरौं’

वि.सं.२०७७ जेठ २ शुक्रवार

1.2K 

shares

कृषी मन्त्रीज्यू, नमस्कार !,
करिब ६ हप्तादेखि गाउँमा छु, कृषकको रुपमा । रामेछापको सुनापति स्थित घर जग्गामा बुवा आमाले लगाएको गहुं भित्राएं, बाँझो जोतें, मकै छरें, अहिले गोड्दै छौं । यसबीचमा घरमा भएका साना ठूला ८ वटा बाख्राको लागि काठको खोर बनाएं । घरेलु पानी सिचाईंको सानो पोखरी बनाएं । बारीमा लडेका २ वटा कान्ला लगाएं । आकासबाट बर्षेको पानीको फाइदा उठाउंदै केही बृक्षारोपण गरें, केही तरकारीहरु पनि रोपेको छु । गाउँमा आफू जन्मेको घरमा आफ्ना बुवा आमाको छेउमा रोटी ढिंडो खाएर बस्न पाउँदा बास्तवमै रमाएको छु ।

तर, कृषीको अबस्था देखेर दुःख लागेको छ । म बिद्यालय पढ्दा को भन्दा गाउँ धेरै कुरामा फेरिएको छ (खासगरी सडक, बत्ती, संचार र साधनमा । तर, कृषी झन् जीर्ण भएछ । कृषीका साधनमा केही आधुनिकता छैन-उही हलो, उही कोदालो, उही बाली चक्र। बदलिएछ–बिउको आत्मनिर्भरता । किसानसँग बिउ छैन रहेछ । अब धानको बिउ राख्ने बेला भयो–बजारबाट नल्याई हुंदैँन–बजार बन्द । कृषी उत्पादनका पुराना साधन बनाउने मान्छे कम, कयौं जग्गा बाँझो, सीप र तत्परता बिहान युवा पुस्ता-पहाड गाउँको कृषीमा चित्र भयावह देखें मैंले ।

कृषीमा नीति निर्माण कसरी हुन्छ -मलाई धेरै थाहा छैन । लामो समय पछि केही समय खन जोत गरेको अनुभवकै आधारमा मात्र म सबै किसानको भाव बुझेको पनि ठान्दिन । तर, आफ्नो जीवन सिंचित भएको प्रिय पार्टी सरकार चलाइरहेको, आशालाग्दो नेता बिभागीय मन्त्री भएको हुनाले यति लेख्न मन लागेको हो । भोगाईका आधारमा केही सुझाब राख्छु-

१-कृषी आधुनिकीकरणका लागि स-साना तर उपयोगी काम गर्न सकिन्छ । कम्तिमा एक वडामा एक वा दुईटा सामुदायिक कृषी कार्यालय खोलौं । केन्द्रले एकपटक आवश्यक बजेट अनुदानको रुपमा दिऔं । त्यहाँ त्यस क्षेत्रमा आवश्यक पर्न सक्ने कृषी उपकरण र सामाग्रीहरु उनीहरु आफैंलाई पहिचान गर्न दिऔं। केही ट्याक्टर, काट्ने चुट्ने मेसिन, बिउ बिजन आदि त्यहाँ राखेर गाउँभरी त्यसलाई शुल्क लिएर चलाऔं । किसान कृषी कार्यालय जाने होइन, कार्यालय किसानको बिचमा जाने, खेतपारी र गोठमा जाने नीति बनाऔं ।

२- पहाडमा एक वडामा कम्तिमा एक बृहद कृषी फर्म बालीमा जोड़) बनाऔं । शहरबाट गाउं फर्केका युवाहरु वा बिदेशबाट आउन चाहने हरुलाई बृहद कृषी उत्पादनमा जोडौं । त्यस्तो फर्मका लागि स्थानीय तहलाई बढ़ी अधिकार दिइ मन्त्रालयले शुरुवाती अनुदान र ष्लाचबकतचगअतगचभक निर्माण गरिदिऔं।

३-गाउंका कृषी उत्पादनहरु १ नं बुंदाको कार्यालयले किनौं । खाना पाक्ने सरकारी कार्यालयहरु (सुरक्षा बल, सरकारी अस्पताल आदि) मा त्यस्तो उत्पादन किन्नै पर्ने नीति लगाऔं ।

४- कृषी बिकास बैंकको कृषी बित्त निर्माणमा खास भूमिका देखिएन-यसको भूमिका बदलेर कृषी मन्त्रालय अन्तर्गत संचालन गरौं । कृषीको बित्तीय संकट हल गर्न यो कदम सहयोगी हुन् सक्ला कि !

पढेर बिर्सनु भए पनि यो अस्थाई किसानको केही गुनासो रहने छैन । धन्यवाद ।

चौलागाईँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा प्रवास समन्वय कमिटीका अध्यक्ष हुन्

वि.सं.२०७७ जेठ २ शुक्रवार ०९:०२ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...