back
CTIZAN AD

लुम्बिनी विकास बैंकद्वारा खाद्य सामग्री वितरण

वि.सं.२०७७ जेठ २ शुक्रवार

921 

shares

२ जेठ, कास्की । पोखरा महानगरपालिकाका तीन वटा वडामा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न वर्गलाई लुम्बिनी विकास बैंकले करीब रु चार लाख बराबरको राहत वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै रू ५० हजार बराबरको खाद्य सामग्री वितरण गरेको लेकसाइड शाखाका प्रबन्धक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यसअघि वडाको समन्वयमा महानगरपालिकाको वडा नं १५ रु एक लाख ५० हजार र वडा नं १७ मा रु दुई लाखको राहत वितरण गरिसकेको छ वडा नं ६ मा आज सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र पूर्वअध्यक्ष तथा संस्थापक सुशीलराल पराजुलीले राहत सामग्री वडाध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरे ।

बैंकका सञ्चालक सिग्देलले पोखरा महानगर(कास्की)बाहेक अन्य जिल्लाबाट पनि राहतको माग भइरहेकाले आवश्यकता हेरेर सामाजिक उत्तरदायित्व बहन गर्दै जाने बताए । देशका सातै प्रदेशका ६८ शाखा कार्यालयमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र महानगरपालिकाका न्युरोड, महेन्द्रपुल, लेकसाइड, छोरेपाटन, रामबजार, लामाचौर, फूलबारी र राजाका चौतारामा गरेर आठ शाखा कार्यालय रहेको बैंक न्युरोडका प्रबन्धक प्रकाशचन्द्र पहारीले जानकारी दिए ।

वि.सं.२०७७ जेठ २ शुक्रवार ०९:०९ मा प्रकाशित

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...