back
CTIZAN AD

चट्याङ लागेर उदयपुरमा एकको मृत्यु

वि.सं.२०७७ जेठ २ शुक्रवार

786 

shares

२ जेठ, काठमाडौँ । उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

चटयाङले सुनुवारको छाती डढेका छन् । गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभयो । उहाँले शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको जानकारी दिनुभयो ।

वि.सं.२०७७ जेठ २ शुक्रवार ०८:५१ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...