back
CTIZAN AD

के हो चट्याङ ? पूर्वानुमान कसरी गर्ने ?

वि.सं.२०७७ जेठ २ शुक्रवार

1.2K 

shares

२ जेष्ठ, काठमाडौँ । प्राकृतिक विपद् र महामारीसँग विज्ञान र प्रविधिको पनि जोर नचल्ने कुरो अहिले पुष्टि भएको छ ।

संसार प्रसिद्ध नासा, हार्बड र अक्सफोर्डका वैज्ञानिक तथा अध्येता मात्र होइन विश्व स्वास्थ्य संगठन (WHO) का स्वास्थ्य विज्ञहरु समेत कोरोनारुपी भाइरसको यो नाङ्गो आक्रमण बारे न सूसुचित थिए न त नियन्त्रणको सम्भावना बारे नै बोलेका थिए ।

ब्रहाण्ड विज्ञानमा पृथ्वी, ग्रह र अन्तरसंघर्षबारे छलफल हुने भएपनि चट्याङ् लगायतका घटना रोक्ने बारे सफलता मिलेको छैन । खासगरी हावाहुरी सहितको वर्षामा चट्याङ् आउने गर्छ । यो क्रम धेरै पहिले देखि चलिरहेकै छ र यसले पनि त्यत्ति ठूलो तलमाथि भने गरेको छैन ।

के हो त चट्याङ ?
वैज्ञानिकहरुका अनुसार खराब मौसमको समयमा आकाशबाट जमिनमा खस्ने एकप्रकारको विद्युतीय करेन्ट हो । हुरी बतार आउँदा वा वर्षा याममा विपरित दिशाबाट बादल र वायुमण्डलको घर्षण हुँदा तीब्र गतिममा रगडिने र ठोक्किने प्रक्रिया चल्छ । यसरी रगडिदा चर्को आवाजसहित ठूलो भोल्टको विद्युतीय लहर उत्पन्न भै विर्सजन प्रक्रियामा जान खोज्छ । यसरी जोडल ठूलो आवाज समेत उत्पन्न हुन्छ र विसर्जीत ठाउँमा गम्भिर असरसमेत पुग्दछ । सामान्यतया २ किलोमिटर सम्म सुनिने यो आवाज कहिलेकाहीँ ६० किमीसम्म पनि सुनिने गरेको पाइन्छ । यस्तो घटनाबाट उत्पन्न हुने विद्युतीय प्रवाहलाई ‘अणु प्रोटन’ भन्ने गरिएको पाइन्छ ।

चट्याङको पूर्वानुमान नहुँदा धेरै क्षति भोगेको मानिसले पूर्वानुमान गर्न सक्ने भएको छ । आकाशमा मडारी रहने हावाहुरी, असिनापानी र चट्याङ पार्ने एक प्रकारको बादल (जसलाई ‘क्युमोलो निम्बस’ भनिन्छ) लाई पछ्याउन सके चट्याङ कतापट्टी पर्दैछ भन्ने अनुमान गर्न सकिने वैज्ञानिकहरुको दाबी छ । नेपालमा राडार जडान सहित चट्याङ मापन केन्द्र बनाइएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

चट्याङ लागेर उदयपुरमा एकको मृत्यु

वि.सं.२०७७ जेठ २ शुक्रवार ११:१३ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...