back
CTIZAN AD

एमसिसि कार्यान्वयन गरिएको भन्दै नेता पोखरेलद्धारा आपत्ति

वि.सं.२०७७ जेठ ४ आइतवार

981 

shares

४ जेठ, काठमाडौँ । नेपाली राजनीतिका चर्चित ब्यक्तित्व तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लीलामणि पोखरेलले एमसिसि कार्यान्वयन हुन थालेकोमा गम्भिर आपत्ति जनाएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा ४०० केभी प्रसारण लाइन निर्माणको कुरामा प्रत्यक्ष एमसिसि घुसाइएको बताउँदै उनले आपत्ति जनाएका हुन् । उनले एमसिसि प्रतिबेदनबारे पार्टीभित्र निर्णय नगर्दै कार्यक्रममा पारीएको भन्दै बिरोध गरेका छन ।

सामाजिक संजालमा धारणा सार्वजनिक गर्दै उनले भनेका छन् :

‘जेठ २ गते राष्ट्रपतिबाट संसदमा प्रस्तुत नीति कार्यक्रममा टिप्पणी गर्ने धेरै विषय होलान् । सकारात्मक, नकारात्मक, दुविधाजन्य, बारम्बार दोहोरिएका र उल्लेख हुन नसकेका कतिपय विषय छन् । औपचारिक रुपमा नियमित वार्षिक बजेट्का लागिको नीति भएपनी कोरोनाले ल्याएको नयाँ शंकट्को समाधानको योजना, बेरोजगार समस्याको सम्बोधन, राष्ट्रिय जीवनमा परिवर्तन ल्याउने आयोजनामा जोड, कोरोनापछिको पुनस्र्थापना तथा पुनर्निर्माण बाहेक छरप्रस्ट प्रस्तुत हुनु प्राथमिकता थिएन होला । तर वक्तव्यमा पचासौं अर्बको एमसिसिको कार्यक्रम लप्सेफेदी देखि रातामाटे अनि हेटौंडा र बुटवल अनि गोरखपुरसम्मको ४०० केभी प्रसारण लाईन निर्माण गर्ने कार्यक्रम आउनु आपत्तिको कुरो हो । किनकि एमसिसि बारे पार्टीमा कुनै निर्णय भैसकेको छैन । कार्यदलको प्रतिबेदनबारे अन्तिम निर्णय हुन बाकी छ र संसदमा प्रस्तूत सम्झौता अनुमोदन भएको पनि छैन । यो सम्झौता हाम्रो परराष्ट्र नीति बिपरित अमेरिकी सैन्य गठबन्धन (हिन्द प्रशान्त रणनीति) अन्तरगत रहेको र नेपाललाई पनि त्यसको पार्टनर बनाइएको भन्ने कुरा धेरै तथ्यले जगजाहेर भयो । नेपाललाई चीन बिरोधि केन्द्र बनाउने योजना समेत देखिन्छ । यस्तोबेला वक्तव्यमा आउनु ठिक थिएन ।’

स्मरण रहोस, पोखरेल कोरोना अगाडि एमसिसिका बिरुद्धमा जनमत बटुल्न देशका धेरै ठाउँमा पुग्ने नेकपाका प्रभावशालि नेता हुन् ।

वि.सं.२०७७ जेठ ४ आइतवार १०:५२ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...