नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय कमिटी सदस्य तथा प्रवास समन्यव समितिका सहइन्चार्ज लक्ष्मण पन्तले प्रधानमन्त्रीका नाममा खुल्ला पत्र लेखका छन् ।
कोरोना भाइरस रोकथामका लागि विभिन्न देशले लगाएको लकडाउनका कारण धेरै देशमा नेपालीहरु समस्यामा परेको जानरी गराउँदै उनले भारत, खाडी मुलुक लगायतका देशमा अलपत्र अवस्थामा रहेका, स्वदेश फर्कन चाहने नेपालीहरुको उद्धार गर्न ढिला नगर्न आग्रह गरेका छन् ।
जनताको सेवा गर्ने सुनौली अवसर प्रधानमन्त्रीलाई भएको भन्दै उनले युगौयुग सम्म अमर बन्ने अवसर नगुमाउन सुझाव दिएका छन् । उनले भनेका छन् ‘प्रधानमन्त्रीज्यु तपाइँ युगौयुग सम्म अमर बन्नुहुनेछ । हेक्का राख्नुहोस्, अढाई शताब्दीको आधुनिक नेपालको इतिहासमा जनताको यो मानवीय संकटमा सेवा गर्ने यो सुनौलो अवसर पाउने तपाइँ एकमात्र भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ ।’
उनले नेपाल भारत सीमामा अलपत्र अवस्थामा रहेका नेपालीहरुको बारेमा प्रधानमन्त्रीले ‘होटलमा नबसेर किन सीमामा दशा देखाएको’ भनि गरेको टिप्प्णी गलत त्रुटिपूर्ण रहेको भन्दै सच्याउन समेत आग्रह गेका छन् । उनी भन्छन् ‘भारतका नेपालीहरुको बारेमा तपाइँले पनि ‘होटलमा नबसेर किन सीमामा दशा देखाएको’ भन्नु भयो । सरकारले यस्ता त्रुटिपूर्ण चिन्तन सच्चाओस् भन्न चाहन्छु ।’
तपाइँको घरमा आगो लाग्यो भने तपाइँ आगो निभाउने नियम पुस्तिका खोज्न लाग्नु हुन्न प्रधानमन्त्रीज्यु जतिसक्यो छिटो जलिरहेको घरबाट आफु र आफ्नो परिवारलाई बाहिर निकाल्नु हुन्छ । भारतलगायतका देशले पनि त्यही गरेका छन् । कोरोना महासंकटका बेला स्वाभाविक नै हो ती देशका आफ्नै नागरिकहरु प्राथमिकतामा पर्दछन् । तपाइँकै सहयोगीहरुमा यति साधारण ज्ञानको पनि अभाव देखिएपछि विदेशमा फसेका नेपालीहरुको सरकारले कस्तो उद्धारको योजना बनाउला भन्ने मलाई चिन्ता लागेको छ । यस्तो बेलामा ‘शेयर्ड रिस्पान्सबिलिटि’ का र ’डब्लुएचओको मापदण्ड’ का कुरा गरेर आफ्नो अक्षमता छोप्ने छुट कसैलाई पनि छैन ।प्रधानमन्त्रीज्यु. कमसे कम मजदुर मुक्तिको कसम खाएर सरकारमा बस्ने तपाइँ र तपाइँको टिमलाई त यो छुट छैन नै ।
उनले प्रधानमन्त्रीलाई लेखेको पत्र यस्तो छ :
प्रिय प्रधानमन्त्रीज्यू,
कालापानी–लिपुलेकको विषयमा तपाइँको सरकारले चालेको अभुतपूर्व कदमका लागि म तपाइँलाई हृदयदेखि साधुवाद दिन चाहन्छु ।
विस्तारमा आफ्ना भनाई राख्नुपूर्व म मेरो पार्टीका दुई महान नेताद्वय क। मदन र क। जीवराजलाई हार्दिक रुपमा स्मरण गर्दछु ।
मलाई थाहा छ कि म केन्द्रिय कमिटिको सदस्य भए तापनि बैठक नडाकिनाले तपाइँसमक्ष मैले नेतृत्व गरेका साथीहरुको र आम प्रवासी जनसमुदायको समस्याहरु राख्न समय पाउने छैन । त्यसैले यो विरोधपत्ररमागपत्र खुलारुपमा तपाइँसमक्ष प्रस्तुत गर्दैछु ।
मैले तपाइँबाट जागिर पाउनका लागि वा अन्य कुनै मेरो व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि यी मागहरु पेश गर्दै छैन । म आफै विदेशमा मोटर आदि सुविधासहितको लाखौंको जागिर त्यागेर देश र जनताको लागि आफुलाई समर्पण गर्दै पार्टीमा पेशेवर बनेको पनि दुई दशक भैसकेको छ । त्यसैले मेरो लागि पार्टीमा नियुक्ति, जागिर वा कुनै पद आकर्षणको विषय होइन । मेरा भनाईहरु विशुद्ध रुपमा विदेशी भूमिमा अलपत्र परेका नेपाली नागरिकहरुको आफ्नो मातृभूमि फर्किन पाउनु रोदन, क्रन्दन र चित्कारसंग सम्बन्धित छन् । यो समय आरोपप्रत्यारोपको होइन तर केही विषयहरु भने नउठाइ नहुने छन् ।
राज्यले कुनै पनि बहानामा यो अभूतपूर्व महासंकटका बेला आफ्नो दायित्वबाट पन्छिएर आफ्ना नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्न मिल्दैन । तर दुखको कुरा भारतलगायत मलेशिया र खाडीका मुलुकहरुबाट संकटग्रस्त नेपालीहरुले उद्धारको माग गर्दा तपाइँकै मन्त्रिमण्डलका जिम्मेवार सदस्यहरुबाट ‘शेयर्ड रेस्पान्सबिलिटि’ को कुरा आउने गरेको छ अर्थात् जुनजुन देशमा नेपालीहरु छन् उनीहरुलाई हेर्ने दायित्व तत्तत् देशका सरकारहरुको रहेको । सामान्य अवस्थामा त यो कुरा ठिकै होला । अझ एकजना तपाईकै निकट मानिने कमरेडबाट त ‘भारतले प्रवासी नेपालीहरुको सम्बन्धमा डब्लुएचओको मापदण्ड पालन गरेन’ भन्ने कुरा पनि आएको छ । तपाइँको घरमा आगो लाग्यो भने तपाइँ आगो निभाउने नियम पुस्तिका खोज्न लाग्नु हुन्न प्रधानमन्त्रीज्यू जतिसक्यो छिटो जलिरहेको घरबाट आफु र आफ्नो परिवारलाई बाहिर निकाल्नु हुन्छ । भारतलगायतका देशले पनि त्यही गरेका छन् । कोरोना महासंकटका बेला स्वाभाविक नै हो ती देशका आफ्नै नागरिकहरु प्राथमिकतामा पर्दछन् । तपाइँकै सहयोगीहरुमा यति साधारण ज्ञानको पनि अभाव देखिएपछि विदेशमा फसेका नेपालीहरुको सरकारले कस्तो उद्धारको योजना बनाउला भन्ने मलाई चिन्ता लागेको छ । यस्तो बेलामा ‘शेयर्ड रिस्पान्सबिलिटि’ का र ’डब्लुएचओको मापदण्ड’ का कुरा गरेर आफ्नो अक्षमता छोप्ने छुट कसैलाई पनि छैन ।प्रधानमन्त्रीज्यु. कमसे कम मजदुर मुक्तिको कसम खाएर सरकारमा बस्ने तपाइँ र तपाइँको टिमलाई त यो छुट छैन नै ।
अझै अर्को दुखको कुरा के छ भने तपाइँकै कतिपय कमरेडहरुका तर्फबाट यो महाविपत्तिलाई ‘प्रवासी नेपालीहरु अलि बढी आतंकित भएको, अलि बढी भावनामा बगेको’ भनेर अवमूल्यन हुने गरेको छ । यो साच्चिकै दुखदायी छ । के कोरोना महामारी भावनाको कुरा हो । के विश्वका सात अर्ब जनता बढी भावुक भएर यो समस्या भयेको हो रु यसबीचमा भारतमा केही नेपालीहरुले आत्महत्या गरेका छन् । केही बाटोमै सुत्केरी भएका छन्, केहीको गर्भपतन भएको छ । खाडीमा र मलेशियामा एउटै भवनमा १०० जना सम्म मजदुरहरुलाई राखिएको छ । उनीहरुसंग काम छैन । खाने खर्च छैन । भिसा अवधि सकिएको छ । के यो भावनाको मात्र कुरा हो त प्रधानमन्त्रीज्यू अमेरिकामा आफन्त भेट्न गएका आफ्नो जीवनको अन्तिम कालमा रहेका थुप्रै ज्येष्ठ नागरिकहरु कहिले मातृभूमि टेक्न पाइएला भनेर छटपटाई रहेका छन् । के यो पनि भावना नै हो त प्रधानमन्त्रीज्यू । भारतका नेपालीहरुको बारेमा तपाइँले पनि ‘होटलमा नबसेर किन सीमामा दशा देखाएको’ भन्नुभयो । सरकारले यस्ता त्रुटिपूर्ण चिन्तन सच्चाओस् भन्न चाहन्छु ।
लेट अस फर्गेट द पास्ट प्रधानमन्त्रीज्यु । कामको कुरा गरौं । अब तत्काल तपाइँको सरकारले ढिला नगरी निम्न दुई काम गर्नु पर्दछ :
१) भारतमा अलपत्र परेका लगभग ५० हजार नेपालीहरुका लागि भारत सरकारसित सरकारले आवश्यकतानुसार रेल र बसहरु भाडामा लिने । उनीहरुलाई सुरक्षित र सम्मानित तरीकाले नेपालको सीमाको निकटतम रेलहेड सम्म ल्याउने र त्यहाबाट क्वारेन्टाइनमा देश भित्र पुराउने व्यवस्था अविलम्ब गर्नु पर्दछ । यसका लागि लगभग ५० वटा रेल भाडामा लिनुपर्ने हुन्छ जसको खर्च सक्नेहरुबाट तिराएर बाकी खर्च राज्यले बेहोर्नु पर्दछ ।
२) खाडी र मलेशिया लगायतका मुलुकहरुमा भिसा सकिएरर काम सकिएरर निकालिएर अलपत्र भएका कामदारहरुका लागि तत्काल जहाजहरु चार्टर गर्ने । सम्भवतस् २०र ३० वटा विमान चार्टर गरेपछि समस्या हल हुन्छ । युरोप अमेरिका अष्ट्रेलियामा अलपत्र परेको खास समस्या देखा परेको छैन तर त्यहाँ पारिवारिक भेटघाटमा गएका आफन्तहरु र केही विद्यार्थीहरु समेतलाई एअर लिफ्ट गर्नु पर्ने देखिन्छ । साथै हङकङ जापान आदिमा पनि आफन्त भेटन गएका र रोजगारीमा समस्या भएका आउन चाहनेहरुलाई देशभित्र एअर लिफ्ट गरेर ल्याउनु पर्ने हुन्छ । यो संख्या ५/ ७ हजार भन्दा बढी रहेको देखिन्न ।
प्रधानमन्त्रीज्यु, यतिखेर माथिका दुइवटा कामहरु तपाइँले राज्यको सम्पूर्ण साधन स्त्रोत प्रयोग गरेर भए पनि जसरी भए पनि गर्नु पर्ने हुन्छ । साधन स्रोतले थेग्दैन वा महामारी फैेलिन्छ भन्ने कुरा गरेर यो विषयलाई पर सार्ने छूट तपाइँ र तपाइँको सरकारलाई छैन ।
अन्तमा म अनुरोध गर्दछु प्रधानमन्त्री कमरेड, हिम्मतका तपाईले घोषणा गर्नुहोस् विदेशमा म नेपालीलाई अलपत्र पर्न दिन्न । साधन स्रोतको कमी हुन दिन्न । १०० वटा विमान चार्टर गर्नु परे पनि ५०० वटा गर्नु परेपनि म मेरा नागरिकलाई आफ्नो देशमा ल्याउछु । क्वारेन्टाइनमा राख्छु । ५० वटा रेल भाडामा लिनु परे पछि १ हजार वटा रेल भाडामा लिनु परे पनि म भारतमा भएका नेपालीलाई अलपत्र पार्दिन । सम्मान र सुरक्षाका साथ मातृभूमिमा भित्राउंछु । आवश्यकता परे बालुवाटारको मेरो निवासलाई पनि सरकारले लिलाम गरेर साधन स्रोत जुटाउनेछ । म सामान्य घरमा बस्ने छु । बस यत्ति काम गर्ने, यत्ति घोषणा गर्ने हिम्मत गर्नुस् । प्रधानमन्त्रीज्यु तपाइँ युगौयुग सम्म अमर बन्नुहुनेछ । हेक्का राख्नुहोस्, अढाई शताब्दीको आधुनिक नेपालको इतिहासमा जनताको यो मानवीय संकटमा सेवा गर्ने यो सुनौलो अवसर पाउने तपाइँ एकमात्र भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ ।
तपाइँ र तपाईको परिवारको सुस्वास्थ्य र दीर्घायुको कामनासहित,
लक्ष्मण पन्त
केन्द्रीय कमिटि सदस्य तथा
सहइन्चार्ज
प्रवास समन्यव समिति
काठमाडौ १७ मे २०२०
वि.सं.२०७७ जेठ ४ आइतवार १०:३६ मा प्रकाशित