back
CTIZAN AD

५१ नेपाली विद्यार्थीलाई राहत वितरण गर्दै न्यूयोर्कमा मनाइयो मदन-आश्रित स्मृति दिवस

वि.सं.२०७७ जेठ ४ आइतवार

1K 

shares

४ जेठ, अमेरिका । बिश्वलाई आतंकित पारिरहेको कोभिड-१९ ले आफ्नो गतीलाई केहि कम गरेको महसुस भए पनि अहिलेसम्म बिश्वभर ४७ लाख १५ हजार भन्दा बढि जनता संक्रमित भैसकेका छ भने ३ लाख १२ हजार भन्दा बढिको मृत्यु भैसकेको छ ।

त्यसैगरी बिश्वमै सबै भन्दा बढि संक्रमित भएको देश अमेरिकामा मात्र १.५ मिलियन भन्दा बढि जनता संक्रमित भै ८९ हजारभन्दा बढिको मृत्यु भैसकेको छ ।

त्यस्तै अहिलेसम्म् सुरक्षित देखिएको मातृभूमी नेपालमा केहिदिन देखि संक्रमण बढ्दै गइरहेको छ । जस्को मुख्यकारण दक्षिणतिर रहेको भारततर्फको खुल्ला सिमानाबाट लुकिछिपि दिनहुँ असुरक्षित रुपमा भित्रिने संख्या नै हो भन्नुमा अत्युक्ती नहोला । अहिलेसम्म कसैको मृत्यु नभएको देशमा हिजो मात्र १ जनाको मृत्यु भै जम्मा २९१ जना संक्रमणबाट प्रभाबित भैसकेका छन् ।

संसारको सबैभन्दा बड़ी आक्रान्त बनेको अमेरिका र त्यसको मुख्यसहर न्युयोर्क नै हो । यस राज्यमा मात्र ३ लाख ५८ हजार जनता संक्रमित भै करिब २७ हजारको भन्दा बढिको मृत्यु भैसकेको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको न्युयोर्क सहर सबैभन्दा बढि प्रभाबित भएको छ । यहाँ अहिलेसम्म १६ जना नेपालीले ज्यान गुमाईसकेका छन् भने ठूलो सख्यामा नेपालीहरु पनि संक्रमणमा परेका छन् ।

अधिकांश डर र त्रासले घर भित्रै बसिरहेका नेपाली समुदायहरु यहाँका केहि सामाजीक अभियन्ता तथा संघ सस्थाहरु मिलेर निर्माण गरेको ‘कोरोना विरुद्ध सचेतना तथा सहयोग समुह’ ले गरेको मानबिय सहयोग तथा सचेतना अभियानले ज्यादै सह्रानिय कार्य गर्दै आईरेको छ । यहाँका नेपालीहरु अव कोरोनासंग लडन सकिन्छ भन्नेमा आस्वस्थ भएको देखिन्छन् र एक आपसमा सहयोग गर्न उत्साहित पनि देखिन्छन् ।
यहाँ समुदायका अभियन्ताहरुले आफ्नो ज्यानलाई खतरामा राखि आबस्यकता अनुसार समुदायका सदस्यहरुको घर–घरमा औषधि, खाद्य सामाग्री तथा अन्य श्वास्थ सामाग्रीहरु समेत बितरण गरिरहेका छन भने न्युयोर्क तथा न्यूजर्सि एरियामा रहेका अप्ठ्यारेमा परेका एफ–१ अन्तर्गतका बिद्यार्थीहरुलाई राहत स्वरुप अबस्था हेरि नगद तथा ग्रोसरिहरु पनि बितरण गरिरहेका छन् । न्यूयोर्कमा सबै संघ संस्थाको सहयोगमा ‘कोरोनाबिरुद्ध सचेतना एबं सहयोग समुह’ ले बिभिन्न संघसस्था व्यक्तिको सहयोगमा हरेक हप्ता बिद्यार्थीहरुलाई राहत स्वरुप ग्रोसरी तथा खाद्यान्न बितरण गर्ने गरेको छ ।

यसै सन्दर्भमा शनिबार (जेष्ठ ३ गते) प्रवासी नेपाली एकता मंच, अमेरिकाको उत्तर पुर्वी क्षेत्रका संयोजक कृष्ण लामिछाने र सहसंयोजक विजय ज्ञावलीको नेतृत्वमा स्वर्गिय जननेता मदन भन्डारी र जिवराजको स्मृति दिवसको सन्दर्भमा सोहि सचेतना अभियानसंगै जोडिएर ५१ जना बिद्यार्थीलाई ग्रोसरि बितरण गरेर स्मृति दिवस मनाउदै मानबिय कार्य गरेको छ ।

उक्त राहत वितरण कार्यक्रममा हैसला प्रदान गर्न न्यूयोर्कस्थिक क्विन्स काउन्टीको बोरो प्रेसिडेन्ट एरिक आदमको पनि उपस्थिती थियो ।
त्यस्तै अभियानमा प्रबासि एकता समाजले समेत १० जना बिद्यार्थीलाई सहयोग गरि जम्मा ६१ जना बिद्यार्थीलाई राहत सहयोग गरिएको थियो । यसरि अहिले सम्म यो अभियानले चौथौ चरण गरि जम्मा २३३ जना बिद्यार्थीहरुलाई राहत बितरण गरिसकेको छ । खाद्य सामाग्री वितरण र व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्ने तथा स्वयम्सेवक सबैप्रति आभारी व्यक्त गर्दै मन्चले धन्यवाद ज्ञापन गरेको छ ।

वि.सं.२०७७ जेठ ४ आइतवार १०:५३ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...