६ जेठ, पर्वत । अन्तराष्ट्रिय पर्व समाजले पर्वतको सुदुर दक्षिणमा रहेको हुवास स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । यो स्वास्थ्य चौकी पर्वतको दक्षिण क्षेत्रकै ठूलो स्वास्थ्य संस्था मानिन्छ ।
समाजले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ५० हजार रुपैयाँ बराबरको ६ थान पीपीई, १ थान थर्मल गन, ४ थान सेनिटाईजर सँगै ५ सय थान सर्जिकल मास्कलगायतको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

समाजका सदस्य एवम् पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेको समन्वयमा उपलब्ध गराइएको उक्त स्वास्थ्य सामग्री विहिबार पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडीले गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीलाई र अध्यक्ष तिवारी र अन्तराष्ट्रिय पर्वत समाजका सदस्य राजु भुर्तेलले संयुक्तरुपमा स्वास्थ्य चौकीलाई सामग्री हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले महामारीको बेला प्रवासमा रहेका पर्वतेलीहरुले पैयुलाई स्वास्थ्य सामग्री प्रदान गरेकोमा धन्यवाद दिएका थिए । उनले स्वास्थ्य सामग्रीले विपद्को अवस्थामा जीउ ज्यान नभनी सुरक्षामा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको हौसला बढ्ने बताए ।

त्यस्तै अन्तराष्ट्रिय पर्वत समाजका सदस्य राजु भुर्तेलले कोरोनाको महाव्याधीले विश्व नै आक्रान्त पारेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रमोर्चामा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकमीको सुरक्षार्थ स्वास्थ्य सामग्री प्रदान गरिएको बताए । भुर्तेलले अन्तराष्ट्रिय पर्वत समाज सम्पूर्ण प्रवासीहरुको साझा संस्था भएको बताउँदै आफ्नो खर्च कटाएर जिल्लाको समृद्धिका निम्ती खर्च गदै आएको बताउँदै हस्तान्तरण गरिएको सामग्रीलाई आवश्यकता अनुसार सहिढंगले उपयोग गर्न अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा पैयु गाउँपालिकाकी उपाध्यक्ष जसमती गुरुङ, नेकपाका पैयुगाउँपालिका अध्यक्ष चोकलाल न्यौपाने, नेपाली काँग्रेस पैयुगाउँपालिकाका सभापति डम्मरकुमार प्रधान, बजार व्यवस्थापन समिति हुवासका अध्यक्ष कृष्ण श्रेष्ठ, नेकपा पैयुका नेता जयनारायण तिवारी, समाजसेवी गिरीराज गौतम, पैयुगाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जितवहादुर राना, स्वास्थ्य संयोजक पैयुका संयोजक पूर्णप्रसाद न्यौपाने, हुवास स्वास्थ्य चौकीका प्रमुख देवीप्रसाद भुर्तेल लगायतको उपस्थिती रहेको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडी लगायतले स्वास्थ्य सामग्री हस्तान्तरणमा सहयोग पु¥याउने सम्पूर्ण सहयोगदातालाई धन्यवाद व्यक्त गरेका छन् ।
स्मरणरहोस् समाजले यसअघि पनि जिल्ला अस्पताल पर्वतलाई २८ थान पीपीई सहयोग गरेको थियो भने, भारतको दिल्लीमा अलपत्र परेका ४० जना पर्वते नगारिकलाई खाद्यान्न वितरण गरेको थियो । समाजले विश्वव्यापी फैलिएको कोरोना महामारीको अवस्थामा आपतकालिन कोष स्थापनागरी लकडाउनको कारण समस्यामा परेका प्रवासी पर्वतेलीहरुलाई सहयोग गदै आएको छ ।
वि.सं.२०७७ जेठ ६ मंगलवार ०७:४१ मा प्रकाशित






























