६ जेठ, काठमाडौँ । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा इटालीमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ३२ हजार ७ पुगेको छ ।
त्यसैगरी इटालीमा कोरोना संक्रमितको संख्या पनि २ लाख २५ हजार नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार इटालीमा कोरोना संक्रमितको संख्या २ लाख २५ हजार ८ सय ८६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा इटालीमा ४ सय ५१ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ जेठ ६ मंगलवार ०७:४१ मा प्रकाशित






























