back
CTIZAN AD

हङकङ समाजले पठायो पत्रकार सुमनको उपचारका लागि १ लाख रुपैयाँ

वि.सं.२०७७ जेठ ६ मंगलवार

1K 

shares

६ जेठ, मुगु । जिल्लामा कार्यरत बरिष्ठ पत्रकार सुमन मल्ललाई औषधिउपचारको लागि १ लाख आर्थिक सहयोग प्रदान भएको छ।  हंङकङमा रहेको ठकुरी समाजले मल्ललाई औषधि उपचारको लागि १ लाख आर्थिक सहयोग गरेको नेपाल पत्रकार महासंघ मुगु शाखाले जानकारी गराएको छ ।

छायाँनाथ रारा नगरपालिका-१ श्रीनगर गाउँका ४२ बर्षिय उनी बिगत लामो समय सुगर रोगले थलापरेको समाचार संचार माध्यमा प्रकासित भएपछि समाजले १ लाख आर्थिक सहयोग उपलब्ध गराएको महासंघको भनाई छ ।

ठकुरी समाजले पठाएको उक्त रकम महासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्लको हातबाट सोमबार सुमनका परिवारलाई हस्तान्तरण गरिएको छ ।

ठकुरी समाजले गरेको १ लाख आर्थिक सहयोगले सुमनलाई औषधिउपचार गर्न टेवा पुगेको महासंघका अध्यक्ष मल्लको भनाई छ ।
घरमै बसेर औषधि सेवन गरिरहेका सुमनको स्वास्थ्यमा क्रमिक रुपले सुधार देखा परे पनि राम्रोसँग निको हुन अझै समय लाग्ने बताइएको छ ।

ठकुरी समाजले पठाएको १ लाख रुपैयाँ औषधि किन्ने पोषिलो खाने कुरा किनेर खुवाउने सुमनकी श्रीमति गंगादेबि मल्लले सुनाईन् । समाजको उन्नती र प्रगतिको कामना समेत गरिन् । सुगर रोगसंगै सुमनलाई मानसिक रोगका कारण सोच्ने शक्तिमा कमी आएको छ ।
ठकुरी समाजमा आबद्ध सदस्यहरुले ६४ हजार र समाजको राहतकोषबाट ३६ हजार गरि कुूल एकलाख रुपैयाँ सुमनलाई औषधिउपचारको लागि पठाइएको समाजका सचिव धीरजंग शाहीले जानकारी गराए ।

लकडाउनमा बेरोजगारी निम्तिएको अबस्था धेरै रकम जुटाएर सुमनलाई पठाउन नसकिएको र सिमित १ लाखमात्र पठाउन सफल भएको शाहीको भनाई छ । सुमनको औषधिउपचार गर्न रकम जुटाउन समाजका अध्यक्ष बिनोद मल्लको पनि ठूलो योगदान रहेको उनको भनाई छ ।

रोगले च्यापेर थलापर्दै गएपछि गत फागुनमा मल्ललाई औषधिउपचारको लागि छायाँनाथ रारा नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेर नेपालगञ्ज मेडिकल कजेज लगिएको थियो त्यहाँ करिव १५ दिन सम्म औषधिउपचार गरेर घर फर्केका मल्ल फेरी थला परेपछि केहीदिन अघि पुनः औषधिउपचारको लागि उनलाई जुम्ला कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको थियो ।

सुमनलाई निशुल्क औषधिउपचारको लागि प्रतिष्ठानमा कार्यरत चिकित्सक र जुम्लाका संचारकर्मीहरुले सहयोग गरेका थिए । उनको उपचार गर्न नसकिने भन्दै प्रतिष्ठानले पनि काठमाडौ रिफर गरेपछि झन् समस्या बल्झीएको परिवारको भनाई छ ।

सुमन नेपाल पत्रकार महासंघ मुगु शाखाका निर्बतमान अध्यक्ष पनि हुन् । २२ बर्षको उमेरदेखि पत्रकारिता क्षेत्रमा संलग्न भएका उनी सुइना कर्णाली र दख्नि बग्दछ कर्णाली नाटकका लेखक तथा निर्देशक पनि हुन् ।

कर्णालीका पत्रकार सुमन मल्ललाई उपचारमा आर्थिक समस्या

वि.सं.२०७७ जेठ ६ मंगलवार ०७:०८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...