६ जेठ, कतार । कतारका शेख तमिम बिन हमाद अल थानीले कतारका बिभिन्न जेलमा विभिन्न अभियोगमा सजाय भोगिरहेका ८ नेपालीलाई क्षमादान दिएका छन् ।
इश्लाम धर्मालम्बीहरुको पवित्र महिना रमादानको अवसर पारेर शेख थानीद्धारा क्षमादान दिइएका ८ नेपालीहरुमा ४ जना कुटपिट, २ जना चोरी र २ जना सवारी जन्य कसुरमा सजाय भोगिरहेको जानकारी नेपाली दूतावास कतारले दिएको छ ।
वि.सं.२०७७ जेठ ६ मंगलवार २०:४४ मा प्रकाशित






























