back
CTIZAN AD

नरैनापुरका ५९ संक्रमितको उपचार नेपालगञ्ज र खजुरामा हुने, ४७ जना मुम्बईबाट सँगै आएका थिए

वि.सं.२०७७ जेठ ६ मंगलवार

714 

shares

६ जेठ, राँझा । बाँकेको नरैनापुरमा सोमबार एकैदिन भेटिएका ५९ कोरोना सङ्क्रमितलाई नेपालगञ्ज र खजुरामा राखेर उपचार सेवा प्रदान गरिने भएको छ । ती सङ्क्रमितमध्ये नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पतालमा तयार गरिएको आइसोलेशन वार्डमा २५ र खजुराको क्यान्सर अस्पतालमा ३४ जनालाई राखेर उपचार सेवा दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यसअघि कोहलपुर-८ पिपरीस्थित कृषि विकास तालीम केन्द्रमा प सङ्क्रमितलाई राख्न खोजिए पनि खजुरामै राख्ने निर्णय भएको छ । नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन वार्ड सञ्चालन गर्न कठिनाइ भएपछि सङ्क्रमितलाई नेपालगञ्ज र खजुरामा व्यवस्थापन गर्न लागिएको हो । लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा आइसोलेशन अस्पताल बनाई उपचार सेवा दिने तयारी गरिए पनि बिरामीले आवश्यक स्वास्थ्य सेवा पाउन नसक्ने देखिएपछि विकल्प खोजिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

नरैनापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विद्युत् सुविधा नभएको र सङ्क्रमितलाई राख्न भेन्टिलेटर तथा आइसियुलगायतक व्यवस्था हुन नसक्ने देखिएका कारण नेपालगञ्ज र खजुरामा राख्न थालिएको हो । नरैनापुरमा सोमबार पुष्टि भएका सङ्क्रमितलाई आजैदेखि आइसोलेशनमा राखेर आवश्यक स्वास्थ्य सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । यसअघि नेपालगञ्जमा फेला परेका सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखिएको तथा नरैनापुरका आठ जनालाई दाङ पठाइएको छ ।

मुम्बईबाट एउटै बसमा सङ्क्रमित
नरैनापुरका ४७ जना कोरोना संक्रमित भारतको मुम्बईबाट सँगै आएको खुलेको छ । दिल्लीसम्मको यात्रा बसमा गरेका उनीहरु त्यसपछि कहिले ट्रकमा त कहिले पैदल यात्रा गरेरै नरैनापुरसम्म आइपुगेको नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । नेपाल प्रवेशपछि भने क्वारेन्टिनमा राखिएकाले बाह्य व्यक्तिसँग सम्पर्कमा नरहेको बताइएको छ ।

सोमबार भेटिएका संक्रमितमध्ये धेरैलाई भोजपुरस्थित दीपेन्द्र माविको क्वारेन्टिनमा राखिएको थियो । त्यसअघि संक्रमण पुष्टि भएका आठ जनामध्ये दीपेन्द्र माविकै तीन र जयकिसान माविमा दुई, नेरा प्रावि शंकरनगरमा एक, आदर्श मावि लक्ष्मणपुरमा एक र नेरा प्रावि खुदहवामा एक जनालाई राखिएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले पनि संक्रमित सबै भारतको एउटै शहर मुम्बईबाट आएको जानकारी दिए । नरैनपुरका २३ क्वारेन्टाइनमा रहेका सबै गत वैशाख २१ देखि यही जेठ ३ गतेसम्म भारतबाट आएका हुन् । रासस

फाइलः फोटो

वि.सं.२०७७ जेठ ६ मंगलवार २०:५६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...