back
CTIZAN AD

राष्ट्रिय गानलाई संसोधनमा लैजान पुष्पलाल समाजका उपमहासचिवको आग्रह

वि.सं.२०७७ जेठ ७ बुधवार

858 

shares

७ जेठ, काठमाडौँ । पुष्पलाल अध्ययन समाजका उपमहासचिव मुकुन्द आचार्य नेपालको राष्ट्रिय गानलाई पनि संसोधनमा लैजान आग्रह गरेका छन् ।

२०७२/०६/०३ मा संविधानसभाबाट पारित भै जारी भएको नेपालको संविधानको धारा ९ को उपधारा (२) को प्रयोजनको निम्ति अनुसूची – ३ संसोधनको निम्ति प्रतिनिधि सभामा लैजाँदै रहेको क्रममा त्यहि धाराको उपधारा (१) को प्रयोजनको निम्ति अनुसूची– २ धाराको उपधारा (१)संँग सम्बन्धित नेपालको राष्ट्रिय गानको दोश्रो हरफ पनि संसोधन गर्नुपर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘त्यहि धाराको उपधारा (१) को प्रयोजनको निम्ति अनुसूची- २, धारा ९ को उपधारा (१)संग सम्बन्धित –
नेपालको राष्ट्रिय गान
राष्ट्रिय गानको दोश्रो हरफ —–
“सार्वभौम भई फैलिएका मेची-महाकाली ।
’ यस हरफले नेपालको सार्वभौम भौगोलिक अखण्डतालाई साँघु¥याएको उनको तर्क छ ।

यो संविधान पारित हुँदाको बखत पनि मेची नदी पारी (मेची नदी पूर्व) झापा जिल्लाको हाल भद्रपुर नगर पालिका वडा नं ३ (साविक महेशपुर वडा नं २) नेपालको भू–भाग रहि आएको थियो । त्यहाँ त्यस बेलादेखि अहिलेपनि नेपाल प्रहरीको चौकी स्थापित छ र नागरिक बस्ति छ । भद्रपुर नगर पालिकामा बनेको मेची नदीको पुलको पूर्वी हिस्सा (मेची नदी पारी) नेपालकै भूभाग हो । त्यस्तै कञ्चनपुर जिल्लाको चाँदनी र दोधारा महाकाली पारी (महाकाली पश्चिम) मा पनि बस्ती रहेको छ ।’ नेपालको सार्वभौम भौगोलिक सीमा मेची नदी र महाकाली नदी बीच भित्रमात्र सिमित नरहेको उनले बताएका छन् ।

‘तर नेपालको संविधानको अनुसूची–२ को माथि उल्लेखित हरफले यी भूभागहरूलाई अलपत्र पारेको छ र नेपालको सार्वभौम भौगोलिक अखण्डता खुम्च्याएको छ ।’ संविधानमा भएको यस किसिमको त्रुटी भविश्यमा गलापासो हुन सक्ने हुँदा उनले अहिलेको संसदले संविधानसभाले गरेको त्यो गल्तिलाई सच्यायोस् भन्ने उनको आग्रह छ ।

उनी भन्छन् ‘हाम्रो आफ्नै दस्तावेज हाम्रो निम्ति अहितकारी नहोस् । पछि सुधार गर्ने भनेर नटारियोस् । संविधानको धारा ९ को उपधारा (२) सँग सम्बन्धित अनुसूची– ३ संसोधन गर्दा सोहि धाराको उपधारा (१) सँग सम्बन्धित अनुसूची– २ बारे पनि गम्भिरतापूर्वक सोचियोस् ताकि भविश्यमा यहि हाम्रो देश र नागरिकको निम्ति गला पासो नहोस् ।’

संविधान सभाबाट हुन गएको त्यो त्रुटी यो संसदले सुधार हुने कुरामा आफू ढुक्क भएको बताउँछन् ।

वि.सं.२०७७ जेठ ७ बुधवार ११:२५ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...