back
CTIZAN AD

बहराइनमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु भएको भन्ने समाचारप्रति दूतावासको आपत्ति

वि.सं.२०७७ जेठ ७ बुधवार

837 

shares

७ जेठ, काठमाण्डौं । बहराइनमा कार्यरत एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको भन्ने अपुष्ट र भ्रामक समाचारप्रति नेपाली दूतावास बहराइनले आपत्ति जनाएको छ ।

मे महिनाको पहिलो साता पानीमा डुबेर एक युवाको मृत्यु भएको स्पष्ट कागजात बहराइनको आधिकारीक निकायबाट प्राप्त कागजात दूतावाससँग सुरक्षित रहेको अवस्थामा बहराइनको निकायलाई नै चुनौती दिनेगरी गलत सूचना प्रशारण गरिएको भन्दै दूतावासले आपत्ति जनाएको हो ।

‘बहराइनी निकायबाट जारी सूचनालाई नै चुनौती दिने गरी नेपाली कामदारको हकहित प्रवद्र्धन हेतु सन्चालित कुनैपनि संस्थाबाट गलत सूचना भविष्यमा प्रवाह नहोस् भन्ने तर्फ दूतावास सबैमा हार्दिक अपिल गर्दछ,’ दूतावासद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘बहराइनको स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार यहाँ कार्यरत कुनैपनि नेपालीको कोरोना भाइरसका कारण निधन नभएको पनि दूतावास प्रष्ट पार्दछ ।’

दूतावासले विगत तथा हालमा समेत राजदूतावास तथा बहराइनमस्थित विभिन्न संघ÷संस्थाबीच विविध क्रियाकलापहरुमा सहयोग तथा सहकार्य आदान प्रदान हुँदै आएको र भविष्यमा पनि सोहि निरन्तरताका लागि दूतावास परिवार सकारात्मक रहेको समेत दूतावासले जनाएको छ ।

वि.सं.२०७७ जेठ ७ बुधवार ११:४५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...