back
CTIZAN AD

बेपत्ताका परिवार र तिनका सन्ततिको भविष्य निर्माणका लागि उचित कार्यक्रम ल्याउन अध्यक्ष प्रचण्डको आग्रह

वि.सं.२०७७ जेठ ७ बुधवार

855 

shares

७ जेठ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिष्ट बेपत्ता योद्धाका परिवार र तिनका सन्ततिको भविष्य निर्माणका लागि उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न भन्दै पार्टी तथा सरकारको ध्यानाकर्षण गराएका छन् ।

जनयुद्धका क्रममा बेपत्ता भएका सम्पूर्ण योद्धाहरुको स्मृति दिवसका सन्दर्भमा उनीहरुप्रति उच्च सम्मान व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता भएका योद्धाहरुको संघर्षका कारण नै आज मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा रहेको समेत अध्यक्ष प्रचण्डले बताएका छन् ।

‘महान् बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिष्ट क्रान्तिकारीहरुको जिम्मेवारी हो, स्मृति दिवसका अवसरमा अध्यक्ष प्रचण्डले भनेका छन, ‘ यस सन्दर्भमा हाम्रो पार्टी बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता दोहोर्याउँछ ।’

वि.सं.२०७७ जेठ ७ बुधवार १२:३८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...