back
CTIZAN AD

क्रिमसन अस्पतालले दोश्रो विज्ञप्ति जारी गर्दै भन्यो-‘कोरोना संक्रमित विरामीको मृत्यु भएको छैन’

वि.सं.२०७७ जेठ ७ बुधवार

753 

shares

७ जेठ, काठमाण्डौं । बुटवलको तिलोत्तमा नगरपालिस्थित क्रिमशन अस्पतालले आजफेरि दोश्रो विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित गुल्मीका विरामीको मृत्यु नभएको जानकारी दिएको छ ।

क्रिमशनमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको समाचार सोमबार बेलुकादेखि विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा आइसकेको अवस्थामा अस्पतालले यसलाई भ्रामक समाचार भएको भन्दै यसका पछि नलाग्न अपिल समेत गरेको छ ।

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्ने समाचारप्रति अस्पतालको आपत्ति

ती विरामीको आइसीयुमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको र अवस्था गम्भीर रहेपनि मृत्यु नभएको अस्पतालले दावी गरिरहेको छ भने विभिन्न संचारमाध्यममा उनको मृत्यु भएको समाचार आइरहेका छन् ।

स्मरण रहोस् अस्पतालले मंगलबार पनि एक विज्ञप्ति जारी गर्दै मृत्युको समाचार भ्रामक भएको भन्दै आपत्ति जनाएको थियो ।

वि.सं.२०७७ जेठ ७ बुधवार १३:४७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...