back
CTIZAN AD

मनिषा कोइरालाले नेपाली भूमिमा भारतीय हस्तक्षेपबारे बोलेपछि भारतीय मिडियाले भने-‘खाते भारतका गीत चीनका गाते हे’

वि.सं.२०७७ जेठ ७ बुधवार

1K 

shares

७ जेठ, काठमाण्डौं । भारतले नेपाली भूमिमाथि गरेको हस्तक्षेप र नेपालले जारी गरेको नयाँ नक्साका विषयमा आफ्ना भनाई राखेकी अभिनेत्री मनिषा कोइरालालाई यतिबेला भारतीय मिडियाले तारो बनाएका छन् ।

मनिषाले भारतले हस्तक्षेप गरेका नेपाली भूमि लिम्पियाधुरा, कालापानीसहितका भूभाग समेट्दै नेपाल सरकारद्धारा जारी नयाँ नक्साका बारेमा ट्विट गर्दै भनेकी थिइन्, हाम्रो सानो राष्ट्रको गरिमा राखेकोमा धन्यवाद, हामी सबै तीन महान राष्ट्रको बीचमा शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतिक्षामा छौं ।’

मनिषाको यहि ट्विटलाई भारतको एबिपी लाइभ नामक टेलिभिजनले तारो बनाएको छ । उक्त मिडियाले मनिषाले भारतको विवादीत नक्शामा नेपालको पक्ष लिएको बताउँदै ‘खातें भारतका गातें चीनका’ भन्दै व्यङ्ग गरेका छन् । अभिनेत्री मनिषाको उक्त बयान विवादित भन्दै भारतको भूमिमा नेपालले आफ्नो भूमि भएको दावी गरेको र त्यसलाई लिएर विवादित नक्शा पास गरेको समेत बताएको छ ।

उक्त टेलिभिजनमा कार्यक्रम प्रस्तोताले भनेका छन् ‘खाओगी भारतका, गाओगी चीनका’ भनेका छन् ।
उक्त टेलिभिजनले मनिषा कोइरालाले आजसम्म जे पाइन त्यो भारतबाट पाइन् भन्दै नेपालको नयाँ नक्शाबारे मनिषाले जे भनिन् त्यो हैरान बनाउने कुरा रहेको समेत भनेका छन् ।

उनीहरुले मनिषा कोइराललाई स्टारडम भारतबाटै मिलेको भन्दै उनको पहिचान भारतबाटै बनेको बताएका छन् । उनीहरुले चीनको इशारामा मनिषा कोइरालाले नाटक गरिरहेको आरोप समेत लगाएका छन् ।

वि.सं.२०७७ जेठ ७ बुधवार १४:२८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...