back
CTIZAN AD

अम्फान आँधीबाट सुरक्षित राख्न ओडिसामा डेढ लाख मानिसको उद्धार

वि.सं.२०७७ जेठ ७ बुधवार

696 

shares

७ जेठ, काठमाडौँ । भारतको पूर्वी तटीय इलाकामा सक्रिय अम्फान आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका १ लाख ३७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

ओडिसाका विशेष राहत आयुक्तले पश्चिम बंगालको सुन्दरवन नजिक बुधबार अम्फान आँधीले ठूलै समस्या निम्त्याउने खतरा रहेको बताएका छन् ।

आयुक्त पिके जेनाले अम्फान आँधी पारादिपबाट दक्षिण–पूर्व ११० किलोमिटर टाढा देखिएको बताउँदै भन्नुभयो, “यो आँधी प्रतिघण्टा १८–१९ किलोमिटरको गतिमा छ । पश्चिम बंगालमा बुधबार साँझसम्म यो आँधी आइपुग्ने देखिएको छ । यहाँ आगामी ६–८ घण्टा निकै चुनौतीपूर्ण हुनेछ ।”

उहाँले एक लाख ३७ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिँदै बालासोर र मयुरभान्ज जिल्लाका केही क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सार्ने योजना बनिरहेको बताउनुभयो ।

पारादिपमा बुधबार बिहान आँधीको गति १०२ किलोमिटर प्रतिघण्टा देखिएको पनि उनले बताए ।

भारतीय जलविज्ञान विभागले अम्फान आँधी पश्चिम बंगाल–बंगलादेशको तटीय इलाका हुँदै अघि बढ्ने पूर्वानुमान गरेको छ ।

वि.सं.२०७७ जेठ ७ बुधवार १४:३२ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...