back

आज आइतबार, यस्तो छ तपाईको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त फाइदा ?

वि.सं.२०७७ जेठ ११ आइतवार

135 

shares
NTC AD
Global IME AD

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ । वादविवाद वा खर्च हुने डरले सताउन सक्छ । ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ने समय छ । अर्थ अभावले सताए पनि आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला । आजको मिहिनेतले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ । तापनि दिगो काम सुरु गर्ने समय छ । काममा शुभचिन्तकहरूले साथ दिनेछन् । साँझदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । मिहिनेतले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्चिलो काम गर्नुपर्ने समय छ । परिस्थितिवश सानोतिनो समस्याले अल्झाउन सक्छ । व्यवसायमा थोरै फाइदा उठे पनि अर्थअभावले सताउनेछ । टाढाका साथीभाइसँग सम्पर्क स्थापित हुनेछ । साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । आम्दानी बढ्नेछ । श्रमको उचित मूल्य पाइनेछ । तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन् । अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनेछ। साँझदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व पनि बढ्नेछ । मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । उठ्नुपर्ने रकम साँझतिर हातलागी हुनेछ ।

कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ । आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। काममा समय लागे पनि दिगो योजना बन्नेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । साँझदेखि स्थिति अनुकूल रहनेछ। मेहनतीहरूलाई कार्य्सिद्धिको समय छ । कर्मयोगले नाम र दाम दिलाउनेछ। तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थताले काममा बाधा पुग्न सक्छ । साथ दिनेहरू नहुँदा आफैं काममा जुट्नुपर्ला। बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ । गोपनीयता बाहिरिनाले पनि केही समस्या पर्ला । साँझदेखि स्थिति केही अनुकूल बन्नेछ । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । स्वास्थ्यका लागि आहारविहार र व्यायाममा विशेष ध्यान पुर्याउनुहोला ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ । तर साँझतिर केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
शत्रुहरू स्वतः किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सहपाठीहरू पछि पर्नेछन् भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । दिगो काम प्रारम्भ गर्ने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश सानोतिनो कमजोरीले अल्झाउन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीतर्फ पहिलेको सम्झौता भंग हुन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको सुझावमा भर नपर्नुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । मेहनत गर्दा पछिलाई फाइदा हुनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ । पहिलेको नतिजाले काममा उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन् । श्रमबाट मनग्गे धनलाभ हुनेछ । साँझतिर आफन्तबाट सावधानी अपनाउनुहोला । व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ ।

आज आइतबार, यस्तो छ तपाईको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त फाइदा ?

वि.सं.२०७७ जेठ ११ आइतवार ०८:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कालिका मन्दिरमा चैते दसैँमा ४० लाखभन्दा बढी भेटी सङ्कलन

कालिका मन्दिरमा चैते दसैँमा ४० लाखभन्दा बढी भेटी सङ्कलन

बागलुङ (गलकोट) । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ...

चिताएको पुग्ने सय वर्षदेखिको इतिहास कालिका मन्दिर धार्मिक पर्यटनसँग जोडिँदै

चिताएको पुग्ने सय वर्षदेखिको इतिहास कालिका मन्दिर धार्मिक पर्यटनसँग जोडिँदै

वासुदेव पौडेल, गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत लामेआहालबाट करिब तीन सय...