back
CTIZAN AD

नेदरल्याण्ड्सको राजनीतिमा पहिलोपटक नेपाली युवाको प्रवेश

वि.सं.२०७७ जेठ ११ आइतवार

852 

shares

११ जेठ, काठमाण्डौं । नेदरल्याण्डको राजनीतिमा पहिलोपटक नेपाली युवाको प्रवेश भएको छ ।
नेदरल्याण्सको इतिहासमै पहिलोपटक नेपाली मुलका संजय श्रेष्ठले त्यहाँको राजनीतिमा प्रवेश गरेका हुन् ।

सपरिवार नेदरल्याण्ड्सको हेगमा बस्दै आएका पोखरा लेकसाइडका श्रेष्ठ राजनतिक शास्त्र तथा अन्य बिषयमा विश्वकै चर्चित लाइडेन युनिवर्सिटी काउन्सिलको लागि यही मे महिनाको २५–२९ हुने निर्वाचनमा डेमोक्र्याटिक स्टुडेन्ट पार्टी हेगको तेस्रो पदका लागि उम्मेद्वारी दिएका हुन् ।

पोखराको स्टेप बाइ स्टेप स्कुलबाट प्राथमिक शिक्षा सुरुगरी बेलायतको प्रसिद्द विश्वबिद्यालयबाट स्नाकोत्तर पूरा गरेर स्टुडेन्ट एम्बेस्सेडर रहेर काम समेत गरिसकेका २९ बर्षिय श्रेष्ठ लाइडेन युनिवर्सिटीमा राजनीतिक शास्त्रमा स्नाकोत्तर अन्तिम बर्षमा अध्ययनरत छन् ।

सुरुमा राजनीतिमा त्यति रुचि नराख्ने श्रेष्ठको पारिवारिक पृष्ठभूमी राजनीति भएको र अन्तरराष्ट्रिय राजनीतिको थलो हेगबाट प्रभावित भएर राजनैतिक यात्रा सुरुगरेको बताउँछन् ।

छोटो समयमै युनिभर्सिटी आफूले खेलेको प्रभावकारी भूमिकाका कारण आफ्नो जित सुनिश्चित रहेको बताउने श्रेष्ठ सानो संख्यामा रहेको समुदायबाट नेदल्यान्ड्सको राजनीतिमा प्रवेश गर्ने पहिलो नेपाली भएका छन् ।

श्रेष्ठले आफू निर्वाचनमा होमिएको बताउँदै नेदरल्याण्ड्सका नेपालीहरुबाट नैतिक र भौतिक सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।

वि.सं.२०७७ जेठ ११ आइतवार ११:०६ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...