back
CTIZAN AD

राष्ट्रवादको लगौटी फुस्कने पो हो की भन्ने लेखनाथ न्यौपानेको आशंका

वि.सं.२०७७ जेठ ११ आइतवार

1.5K 

shares

११ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का युवा नेता लेखनाथ न्यौपानेले राष्ट्रवादको लगौटी फुस्कने पो हो की भन्ने आशंका व्यक्त गरेका छन् ।

उनले नेपालको नक्सा देखाएर अर्काे खतरनाक राष्ट्रघाती सम्झौता हुन लागेको आशंका व्यक्त गरेका हुन् ।

नेपालको सार्वभौमता विरुद्ध रहेको भनिएको एमसीसी पास गराउन जसरी पनि पास गराउन प्रयासरतहरु तर्फ इंगित गर्दै नक्साको निजी राजनीति नगर्न घुमाउरो पाराले चेतावनीसमेत दिएका छन् ।

नेपालको अतिक्रमित भूमि कानूनी रुपमै फिर्ता ल्याउने प्रक्रिया थाल्नु राम्रो हुँदाहुँदै पनि यसको जस लिने क्रममा देखिएको अस्वस्थ प्रतिस्पर्धाले संवेदनशील विषय पनि नाटकमा मात्र सीमित त हुने होइन भन्ने खतरा बढेको आशंका समेत उनले गरेका छन् ।

उनले भनेका छन् :

“नक्साको निजी राजनीति
#नेपालको पश्चिम उत्तरको सिमाना (त्रिदेशीय बिन्दु) लिम्पियाधुरा हो भन्ने विषय स्थापित गर्नु, त्यस अनुसार नक्सा बनाएर सार्वजनिक गर्नु र हाम्रो भूमि कानूनी रुपमै फिर्ता ल्याउने प्रक्रिया थाल्नु (यो काम बाँकी छ वा थालिएको छैन) राम्रो काम हो तर यसको जस कसले वा कुन व्यक्तिले लिने भन्ने लिगलिगे दौड देख्दा हाम्रो भूमि फिर्ता ल्याउने जस्तो गम्भीर र संवेदनशील विषय पनि नाटकमा मात्र सीमित हुने खतरा बढेको जस्तो लाग्न थाल्यो ।
#लिम्पियाधुरासम्मको चुच्चो भाग समेटिएको नक्सा सार्वजनिक गर्ने प्रस्ताव सबभन्दा पहिला मैले पार्टीमा गरेको भन्नेदेखि पहिलो पटक नक्सा नै बनाएर उता हिंडेको मै हो भन्नेसम्म एवं मन्त्री र सचिव नक्सा बोकेर नेताहरुको घरघर धाउने दयनीय चित्रदेखि नेपालको चुच्चे नक्सा देखाएर अर्को खतर्नाक राष्ट्रघाती सम्झौता गर्न तम्सनेसम्मका हर्कत देख्दा हाम्रो राष्ट्रवादको लगौटी छिट्टै फुस्केला जस्तो पो लाग्न थाल्यो ।

वि.सं.२०७७ जेठ ११ आइतवार १०:४० मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...