back
CTIZAN AD

आफ्ना नागरिकलाई सहजरुपमा देश फर्कने वातावरण बनाउ सरकार

वि.सं.२०७७ जेठ १२ सोमवार

1K 

shares

कोरोना भाईरस (कोभिड-१९) र लकडाउनको कारणले भारत लगायत तेस्रो मुलुकमा लाखौ नेपाली श्रमिकहरुको रोजगारी गुमेको छ यतिबेला । खल्तीमा दाम छैन, थालमा माम छैन, अगाडि जान बाटो छैन । स्वदेश आउ भनेर राज्यको आधिकारिक धारणा आएको छैन । लकडाउन खुल्नुअघि नै मरिने हो कि, केही ठेकान छैन, सबैको चिन्ता छ ।

यहाँ सुत्केरी महिला पनि छन् । कलिला बालकालिका पनि छन् र अशक्त वृद्धवृद्धा पनि छन् । बीमारी पनि छन । चारजना बस्न मिल्ने कोठामा १५ जना भन्दा बढी बसेका छन् । कोचाकोच छ । खाना एक छाक, सुत्न चिसो भुइँ, कही चर्को गर्मी छ । उनीहरूलाई खानेपानी तथा शौचालयसमेतको अभाव छ । यहाँको कुरै नगरौं धेरैको कन्तबिजोक छ बयान गरिनसक्नु छ । यतिबेला ती सबैजसो बिरामी परेको देखिन्छ ।

यतिबेला नेपाल सरकारलाई मेरो यत्ति प्रश्न छ-सरकार, आफ्ना नागरिकलाई किन अर्काको देशमा सडाएर राख्छौं ? देख्ने आँखाले देखेपछि र सुन्ने कानले सुनेपछि बोल्न लागेको कुरा बोल्नुपर्छ । बोल्नैपर्छ । हामीले नबोले कल्ले बोल्ने ? बिदेशको भूमिमा रगत, पसिना र आँसु बगाएर थुप्रो रेमिट्यान्स देश भित्राउने श्रमिकहरुका लागि राज्यले संकटमा निभाउने भूमिका र अभिभावकत्व के यहि हो त ? राष्ट्रिय अर्थतन्त्रको जीवनमा यिनको स्थान अनि योगदान मूल्यांकन खोइ सरकार ? आफ्नै देशबाट रोजगारीको सिलसिलामा विदेशीएका युवाहरुको रगत, पसिना, नोट सबै चल्ने तर संकटका बेला उनीहरुको पुकार सरकारले किन नसुनेको हो ? के सरकारमा मानवियता छैन ?
?

नेपाल भारतका विभिन्न सीमा नाकामा ५० दिनसम्म क्वारेन्टाइनमा बसेका झन्डै दुई हजार नागरिक सम्बन्धीत स्थानिय निकायका जनप्रतिनिधिको लिखित कागजातले मात्रा उद्धार भएको छ । सीमा नाकामा हजारौको सँख्यामा अलपत्र नागरिकहरु थकाई, पीडा र भोक अनि चर्को घाममा छटपटिइरहेका छन् । यतिबेला ईमानदार टूर एण्ड ट्राभल्ससँग मेरो केहि गुनासो छैन । तर, नेपाल–भारतका केहि टूर एण्ड ट्राभल्स, झोलाछाप दलालहरूले नेपाली नागरिकको जीवन भन्दा ठूलो ब्यक्तिगत स्वार्थ पूरा गर्न गोरखधन्दा चलाएको समेत देखिन्छ । केहि दलाल तस्करले सेटिंग गरेर सीमा नाकाबाट ५ सय १ हजारका नोट लिएर सीमा नाकाका प्रशासन सँगको साठगाँठमा गोप्य तरीकाले र्बोडर कटाएको कÞुरा सञ्चारमाध्यमबाट सुन्न आएको छ । यो तरीकाले कोरोना रोकथाम होइन देश नै आगामी दिनमा सङ्कटमा धकेलिने देखिन्छ ।

यी दलाल तस्करले देशको कानूनको धज्जी उड़ाएका छन् । यस्ता दलाललाई कारबाही गरेर आफ्ना नागरिकलाई सहजरुपमा देश भित्राउने बेला राज्य भने यस्ता कुरामा बेखबर बनिरहेको स्थिति छ । नेपाल सीमा नाका पुग्न एकजना बराबर झन्डै १५ सय भन्दा माथि भाड़ा लाग्छ तर केहि समितिका ब्यक्तिले दिल्ली देखी नेपालको नाकासम्म ३३ सयदेखी ५ हजारसम्म र मुम्बईबाट ८ देखी १० हजार सम्म चर्को मूल्य लिएर कोरोनाको त्रास, भोक र थकाई लागेका मजदुरहरुलाई पीडा माथि झन पीडा दिइरहेको गुनासो मजदुरहरुबाटै आइरहेका छन् । यस्तो बेलामा सामान्य आर्थिक खर्च गर्नसक्नेले दलालले भने अनुसार यी रकम तिरेर सीमा नाका पुगेको पाइएको छ भने साँझ बिहान चुलो बाल्न नसक्ने लाखौ मजदूर कसरी आफ्नो देश पुग्ने सोचनिय विषय यो छ ?

रोजगारीको सिलसिलामा भारत लगायत बिदेशमा गएका नेपालीहरू मजदूर, अध्यनरत बिद्यार्थी , पर्यटकहरू लगायतलाई आफ्नो गाउँ-घर फर्काउन सरकारले अनिवार्य कदम चाल्नुपर्छ । उनीहरूलाई सुरक्षित तरिका ल्याउने र आवस्यक परेमा क्वारेन्टाइनमा राखेर परीक्षण पश्चात घर जाने वातावरण सरकारले बनाउन जरुरी छ । संकटका बेला आफ्नो माटो, आफ्नो घर र परिवार सम्झेर गाउँ पुगेको जो सुकैलाई पनि समाजले पनि हेयको नजरले हेर्नु हुँदैन । स्थानीयले पनि सामाजिक दूरी राख्न किन नपरोस् उनीहरुका लागि गाउँमा सहज वातावरण मिलाउन जरुरी छ ।

लेखक, खड्का प्रवासी नेपाली युवानेता हुन्

वि.सं.२०७७ जेठ १२ सोमवार १४:०९ मा प्रकाशित

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...