back
CTIZAN AD

संक्रमितको गाउँ सिल गर्न नुवाकोट काँग्रेस सभापतिको आग्रह

वि.सं.२०७७ जेठ १२ सोमवार

1.3K 

shares

१२ जेठ, काठमाडौँ । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले संक्रमितको सिंगो गाउँ सिल गर्न सरकारसँग आग्रह गरेका छन् ।

आईतबार नुवाकोटको ककनी गाउँपालिका वडा नम्वर ३ का एक ३९ बर्षिय पुरुषमा कोराना संक्रमणको पुष्टि भएसँगै नागरिकमा भय फैलिएको भन्दै प्रेस बिज्ञप्ती जारी गरी उनले सो आग्रह गरेका हुन् ।

संक्रमित ब्यक्ति राजनीतिक ब्यक्ति समेत भएको र उनको जनसम्पर्कको अवस्थालाई हेर्दा संक्रमितको सिंगो गाउँ नै सिल गरेर सबै नागरिकको परीक्षण गराई आम नागरिकलाई भयमुक्त बनाउन माग गरेका छन् ।

उनीसँग सम्पर्कमा आएका ककनि १, २ र ३ वडा समेत संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको तत्काल पिसिआर बिधिबाट परीक्षण गराउन माग पनि गरिएको छ ।

संक्रमितलाई अस्पताल लैजान तत्काल एम्बुलेन्स समेत नपाईएको तथ्यले सरकार र स्थानीय तहहरुको तयारीको कमजोर अवस्थालाई समेत उजागर गरेको भन्दै नारा र गफमा मात्र तयारी नदेखाई कोरोना संक्रमण रोकथाम र नियन्त्रणका कामलाई प्रभावकारी बनाउनसमेत आग्रह गरिएको छ ।

साथै जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयासहरुलाई अझै प्रभावकारी बनाउन पनि माग गरिएको छ ।

यस्तो छ, विज्ञप्तीको पूर्ण पाठ :

प्रेस बिज्ञप्ती
मिति ः २०७७।०२।१२
आईतबार नुवाकोट को ककनी गाउँपालिका वडा नम्वर ३ का एक ३९ बर्षिय पुरुषमा कोराना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको अवस्थामा जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भइरहेका प्रयासहरुलाई अझै प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।ककनीको वडा नम्वर ३ मा संक्रमित भेटिएसंगै अव ककनि १,२ र ३ वडा समेत संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको तत्काल पिसिआर बिधिबाट परीक्षण गराउनु अहिलेको प्रमुख आवश्यकता हो । यसका साथै संक्रमित ब्यक्ति राजनीतिक ब्यक्ति समेत भएको र उनको जनसम्पर्कको अवस्थालाई हेर्दा संक्रमितको सिंगो गाउँ नै सिल गरेर सबै नागरिकको परीक्षण गराई आम नागरिकलाई भयमुक्त बनाउन समेत नेपाली काँग्रेस सरकारसंग माग गर्दछ ।
अहिले मुलुक लकडाउनको अवस्थामा छ सबै मिलेर कोरोना संक्रमण रोकथामको प्रयत्न भईरहेको छ । तर आईतबार संक्रमितलाई अस्पताल लैजान तत्काल एम्बुलेन्स समेत नपाईएको तथ्यले सरकार र स्थानीय तहहरुको तयारीको कमजोर अवस्थालाई समेत उजागर गरेको छ । तसर्थ नारा र गफमा मात्र तयारी नदेखाई कोरोना संक्रमण रोकथाम र नियन्त्रणका कामलाई प्रभावकारी बनाउन समेत हामी सम्बद्ध पक्षसंग जोडदार माग गर्दछौं । साथै कोरोना संक्रमण रोकथामका लागि अपनाईएको लकडाउन लगायतका उपायहरुको पूर्ण कार्यान्वयन गरी सुरक्षित रहन आम नागरिकमा अपिलका साथ संक्रमित ब्यक्तिको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं ।
जय नेपाल
जगदीश्वरनरसिंह केसी
सभापति
नेपाली काँग्रेस नुवाकोट

वि.सं.२०७७ जेठ १२ सोमवार १६:३९ मा प्रकाशित

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...