back
CTIZAN AD

त्रसित बनेको नेपाली समाज र हराएको सद्भाव

वि.सं.२०७७ जेठ १३ मंगलवार

855 

shares

इतिहासदेखि अहिलेसम्म हेर्ने हो भने हाम्रो नेपाली समाजमा संसारकै आदर, सत्कार अनि शान्त सद्भाव भएको पाइन्छ । तर अहिलेको परिस्थिति हेर्दा संसारमा सबैभन्दा शान्त सद्भाव भएका हामी नेपाली संसारकै पहिलो सद्भाव हराएका मध्ये भैसकेका हौं कि, भनेर सोच्न बाध्य बनाएको छ । कारण अहिले कोरोना महामारी संसारका २१५ देशमा फैलिएको छ र ३३ देशमा आजको मितिसम्म मृत्यु भएको छैन भने बाँकी देशहरूको तथ्यांकमा लाखौंको मृत्यु भैसकेको रेकर्ड छ । तर, मृत्यु भइसकेकाहरुको शवहरु दाहसंस्कार गर्न कुनै देशका नागरिकहरुले अवरोध गरेको सुनिएको थिएन ।

नेपालमा यस्तो भयो, जुन घटना कोरोनाका कारण मृत्यु भएकाको शव भैरहवाको दाहसंस्कार गर्ने ठाउँमा दाहसंस्कार गर्न स्थानीयहरुले नदिएका कारण जङ्गलमा लगेर गाड्नु परेको खबर सुनियो । मृतकका परिवार समेत शव हेर्न वा शवको नजिक आउन चाहेनन् । कमसेकम केही फरक दूरीबाट त शव हेर्न सकिने थियो । के साच्चिकै हामी नेपालीभित्र मानवियता सद्भाव हराएको हो त ? कि हामी सत्यतथ्य नबुझीकनै डराएर मानवता र सद्भाव भुलिरहेका छौं ? मनमा प्रश्न उठ्छ बहादुरको इतिहास बोकेका हामी यति धेरै त्रसित किन भएका हौंला ?

त्रसित हुनुपर्छ तर यति धेरै मानवता सद्भाव भुल्ने गरि हुनु राम्रो हैन । बिश्व स्वास्थ्य संगठन (WHO) ले पनि खुलाएको छ कि यो भाइरस कसरी सर्छ र कहाँ कति समय सम्म जिवित रहन्छ वा यसलाई कसरी मार्न सकिन्छ । जब एउटा मान्छे मरेपछि त्यसले सास फेर्दैन् भन्ने कुरा त सबैलाई थाहा नै छ । अब सासै नफेरेपछि उ भित्र भएको भाइरस स्वासबाट बाहिर निस्कने कुरा भएन । यो भाइरस हावामा उडेर टाढा–टाढा पुग्दैन भन्ने पनि पुष्टि भैसकेको छ । सावधानी अपनाएर कम्तीमा ३ मिटरको दूरी राखेमा यो भाइरस सर्ने धेरै कम सम्भावना हुन्छ । हो, मृतकको शरिरमा भाइरस हुनसक्छ तर त्यसलाई राम्रोसँग सावधानीपूर्वक जलाइयो भने ती भाइरसहरु पनि मर्दछन् । त्यति गर्दा पनि डर लागेमा दाहसंस्कार गरिसकेपछि सो ठाउलाइ साबुनपानीले पखाल्दा, सेनिटाइजर छर्किदा पनि सबै भाइरसको नष्ट हुन्छ वा केहि नगरेमा पनि दुई तीन दिनमा त्यहारहेका भाइरस मर्दछन । तर बाचुन्जेल, मरेपछि आफ्नो कर्मकाण्ड राम्रोसँग होस् भन्ने चाहना राख्ने हामीहरु दाहसंस्कार नै गर्न नदिनु ठुलो पाप हो भन्ने हामीले बुझ्नुपर्छ ।

त्यसैले अब म यहाँ केहि मैले बुझेका कुराहरू प्रष्ट पार्न चाहन्छु । सर्वप्रथम यो कोरोना के कसरी सर्छ ? सर्नबाट बच्न के गर्नुपर्ने हुन्छ ? तथा सरिहालेमा के कस्ता उपाय अपनाउनुपर्छ ? भन्ने बुझ्नु नै महत्त्वपूर्ण उपचार हो ।

म अहिले कतारमा छु । यहाँ आजको मितिसम्म ४५ हजार ४६५ जनामा संक्रमित भेटिएका छन् । त्यसमध्ये १० हजार ३६३ जना सन्चो भैसकेका छन् । २०२ जना आइसियुमा, १ ह्जार ८९५ जना साधारण रेखदेख गर्नुपर्ने अवस्थामा र बाँकी ३३ हजार ५ जना कोरोना देखिए पनि साधारण ब्यक्ति जस्तो बस्ने खाने गरेका छन् । यसो भनी रहँदा त्यसो हो भने किन भाइरस देखिए पनि साधारण ब्यक्तिहरु झै बस्ने खाने गरेकालाई अस्पतालको निगरानीमा क्वारेन्टाइनमा राखिएको हो भन्ने सवाल पनि उठ्न सक्छ ! यिनीहरुमा समस्या जटिल बनेमा उपचार गर्ने र यिनीहरुबाट अरु ब्यक्तिमा भाइस नसरोस् भनेर अस्पतालको निगरानीमा क्वारेन्टाइनमा राखिएको हो ।

केही मैले चिनेका साथीहरूसँग मेरो दैनिक कुराकानी पनि भइरहेको पनि छ । यति ठूलो संख्या हुँदा पनि हामी निरन्तर सावधानी अपनाउँदै आफ्नो दैनिकीमा चलिरहेका छौं र यहाँको समाज पनि सुमधुर तरिकाले चलिरहेको छ । यहाँ मात्र हैन यो भाइसले बिकराल रुप लिएको इटाली पनि सामान्य जीबनमा फर्किदैछ । तर नेपालमा भने एउटा ब्यक्ति बाहिर कतैबाट गाउँ पस्यो कि पूरै जिल्लाबासी त्रसित भएको देखिन्छ । कोहि कतै एकदिन मामाघर वा माइत कतै गएर आउँदा पनि आफ्नै परिवारले घरभित्र पस्न नदिएका खबरहरु सुन्नमा आएका छन् । यति त्रसित हुनुपर्ने आवस्यक छैन तर सावधान भने हुनैपर्छ । हामी जति हतोत्साहित हुन्छौं त्यति नै हाम्रो शरीरको रोगसँग लड्ने शक्ति कमजोर हुन्छ र भाइरस त्यति नै सक्रिय हुन्छ त्यसैले हतोत्साहित हुनु हुदैन ।

आजसम्म यो भाइरसबाट मृत्यु हुनेमा दीर्घ रोगी, शरीरमा रोगसँग लड्न सक्ने शक्ति कम भएका तथा हतोत्साहित हुने मान्छेहरु नै देखिएका छन् । यो भाइरस लागेपछि मरि हालिन्छ भन्ने मानसिकताबाट हामी बाहिर आउनैपर्छ । भाइरस संक्रमण भएकाहरुमा संसारमा २३ लाख १५ हजार भन्दा धेरैलाई ठिक भइसकेको छ । सावधानी सबैले अपनाउनु पर्छ बिशेष गरेर बृद्ध तथा दीर्घ रोगीहरुले भने अति संबेदनसिल बनेर सावधानी अपनाउनु पर्ने देखिन्छ । त्यसैले बढी त्रसित हुनु भन्दा पनि सावधानी अपनाउ । सद्भाव कायम राखौं । आफू पनि सुरक्षित रहौ अरुलाइ पनि सुरक्षित राखौं ।

वि.सं.२०७७ जेठ १३ मंगलवार ०७:५१ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...