back
CTIZAN AD

जिल्लामै भद्रगोल क्वारेन्टाइन, पिउने पानीको समेत राम्रो व्यवस्था नभएको गुनासो

वि.सं.२०७७ जेठ १८ आइतवार

843 

shares

१८ जेठ, मुगु । जिल्लामा बाहिरबाट आएका ब्यक्तिलाई राख्ने क्वारेन्टाइन अब्याबस्थित र भद्रगोल देखिन्छन् ।

क्वारेन्टाइन ब्यबस्थित नहुँदा त्यहाँ राखिएका ब्यक्ति उल्टै बिरामी हुने डर देखा परेको छ । जिल्लाको चारवटा स्थानीयतहमा निर्माण गरिएका क्वारेन्टाइनको त के कुरा सदरमुकाम गमगढीकै महाकाली माध्यमिक बिद्यालयमा रहेको क्वारेन्टाइन समेत अव्यबस्थित र भद्रगोल रहेको देखिन्छ ।

उक्त क्वारेन्टाइनमा राखिएका ३ महिला र ९ जना पुरुषलाई दिन बिताउन निकै कठिन भएको छ । बेन्चमा समान्य कपडा बिछ्याएर सुताउने गरिएको छ ।

भुइमा कार्पेट छैन । पिउने पानीको उचित व्यवस्था छैन । ओढने–ओछयाउने कपडा धुने ब्यबस्था नहुँदा गन्ध आइरहेको पाइन्छ । शौचालय एउट मात्रध भएकाले महिला पुरुषलाई समस्या देखिएको छ । एउटै शौचालयमा पालो पर्खेर छिर्नुपर्ने बाध्यता छ ।

नुहाउने पानीको व्यवस्था नहुँदा क्वारेन्टाइनमा बसेका महिला पुरुषलाई शरिर चिलाउने लगायतका समस्या देखिन थालेको छ । यस्तो अव्यस्थित क्वारेन्टाइनमा कसरी दिन काट्न भन्दैे सम्भव सुनारले गुनासो गरे । ‘चार पाँच दिन भइसक्यो नुहाउन पाएका छैनौ ।’

शौच गर्न चर्पीमा लाइन बस्नुपर्ने अबस्था रहेको उनको भनाई छ । खाना नास्ताको पनि सहि व्यवस्थापन नहुँदा उनीहरु झनै मर्कामा पर्ने गरेका छन् । महिनावारी हुँदा महिलालाई सरसफाई गर्न अति कठिनाई देखा परेको छ । एउटै कोठामा चार पाँच जना राखिएको छ ।
क्वारेन्टाइनमा बसेका ब्यक्ति चिउरा चाउचाउ खाएर दिन बिताउने गरेका छन् । शुक्रबारदेखि छायाँनाथ रारा नगरपालिकाले खान दिन थालेको उनीहरुको भनाई छ ।

जिल्लामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको संयोजकत्वमा जिल्ला संकट ब्यबस्थापन केन्द्र गठन भएको छ ।

उक्त केन्द्रले क्वारेन्टाइन अनुगमन तथा निरिक्षणका लागि अधिकारी तोकिए पनि कार्यान्वयनमा समस्या देखापरेको छ । ‘क्वारेन्टाइन निर्माण र त्यहाँभित्र राखिएका ब्यक्तिलाई राम्रो ब्यबस्था गर्ने जिम्मा सम्बन्धित स्थानीयतहको हो प्रमुख जिल्ला अधिकारी निरौलाले भने,‘ ‘तर लापरबाही देखियो स्थानीतहलाई स्पष्टीकरण सोध्नु पर्नेभयो ।’

प्रदेश सरकारले क्वारेन्टाइन ब्यबस्थापनको लागि नगरपालिकालाई २० लाख दिइएको उक्त रकम कहाँ कति खर्च भएको बिबरण उपलब्ध नभएको समेत प्रमुख जिल्ला अधिकारीले बताए ।

जिल्ला संकट ब्यवस्थापन केन्द्रमा ५० लाख रकम भएपनि खर्च गर्ने निर्देशिका नहुँदा समस्या देखिएको निरौलाले सुनाए । ब्यबस्थित क्वारेन्टाइनको निम्ति जिल्लाको सरोकारवाला निकायको ध्यान जान नसकेको स्थानीयको भनाई छ ।

त्यस्तै महाकाली मँध्यमिक बिद्यालयको क्वारेन्टाइनमा राखिएका १२ जना ब्यक्तिलाई सहज होस् भन्ने हिसावले साबुन, रुमाल, मञ्चन ब्रस सेनेटरी प्याड र खाने पानी उपलब्ध गराइएको हिरेस्डेक संस्थाका कार्यकारी निर्देशक मिन रावलले बताए ।

छायाँनाथ रारा नगरपालिका सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाले जिल्ला बाहिरका ब्यक्ति नभित्रिदै र कोरोनाको संक्रमित बृद्धि नहुदै मनपरी ढंगले धमाधम राहत बितरण गरिसकेको र अहिले जटिल समस्या उत्पन्न हुन थालेपछि स्थानीयतह अप्ठेरोमा पर्न थालेका छन । जिल्लाभरि २१ वटा क्वारेन्टाइन र ३ सय ७६ वटा बेडको ब्यवस्था गरिएको छ ।

वि.सं.२०७७ जेठ १८ आइतवार ०८:३४ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी कानुन संशोधनका लागि गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कानुन संशोधनका...