
१८ जेठ, काठमाडौँ । साझा पार्टीको युवा संगठन ‘साझा युवा संगठन’ले आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ११ जना नयाँ सदस्य थप्ने निर्णय गरेको संगठनका संयोजक अब्दुस मियाँले जानकारी दिए ।
नयाँ थपिएका सदस्यहरूमा सफा लुगा स्टार्टअपका संस्थापक एवम् पब्लिक स्पिकर नेपालका उपविजेता प्रणव काफ्ले, पुल्चोक क्याम्पसमा स्नातकोत्तर अध्ययनरत इन्जिनियर अनिता शर्मा, युथ थिंकर्स सोसाइटी पोखराकी उपाध्यक्ष अर्पणा केसी, प्रदेश नं २ मा रहेर पत्रकारितामा संलग्न सौरभ यादव, इन्जिनियर अनिल कुमार यादव, ब्रिटिस कलेजमा अध्ययनरत मानसी पण्डित, काठमाण्डौ विश्वविधालयमा अध्ययनरत विवेक योन्जन, नर्सिङ पेसामा आबद्ध पवित्रा थापा, चार्टर एकाउन्टेन्सी अध्ययनरत प्रदिप उप्रेती, ग्लोबल लिडका सिईओ रामप्रसाद पौडेल र इन्जिनियर विवेक विश्वकर्मा रहेका छन्।
नयाँ सदस्यहरूको आगमनले संगठनको नेतृत्वमा बैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको संयोजक अब्दुस मियाँले बताए।
मियाँले साझा युवा संगठनले विविध क्षेत्रमा क्रियाशील एवम् फरक पृष्ठभूमिका युवाहरुलाई संगठनमा आबद्ध गराउॅदै संगठनलाई थप मजबुत तथा नेपालको युवा आन्दोलनको बलियो केन्द्र बनाउने लक्ष्य लिएको पनि बताए ।