back
CTIZAN AD

साझा युवा संगठनको केन्द्रीय समिति बिस्तार, ११ जना थपिए

वि.सं.२०७७ जेठ १८ आइतवार

912 

shares

१८ जेठ, काठमाडौँ । साझा पार्टीको युवा संगठन ‘साझा युवा संगठन’ले आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ११ जना नयाँ सदस्य थप्ने निर्णय गरेको संगठनका संयोजक अब्दुस मियाँले जानकारी दिए ।

नयाँ थपिएका सदस्यहरूमा सफा लुगा स्टार्टअपका संस्थापक एवम् पब्लिक स्पिकर नेपालका उपविजेता प्रणव काफ्ले, पुल्चोक क्याम्पसमा स्नातकोत्तर अध्ययनरत इन्जिनियर अनिता शर्मा, युथ थिंकर्स सोसाइटी पोखराकी उपाध्यक्ष अर्पणा केसी, प्रदेश नं २ मा रहेर पत्रकारितामा संलग्न सौरभ यादव, इन्जिनियर अनिल कुमार यादव, ब्रिटिस कलेजमा अध्ययनरत मानसी पण्डित, काठमाण्डौ विश्वविधालयमा अध्ययनरत विवेक योन्जन, नर्सिङ पेसामा आबद्ध पवित्रा थापा, चार्टर एकाउन्टेन्सी अध्ययनरत प्रदिप उप्रेती, ग्लोबल लिडका सिईओ रामप्रसाद पौडेल र इन्जिनियर विवेक विश्वकर्मा रहेका छन्।

नयाँ सदस्यहरूको आगमनले संगठनको नेतृत्वमा बैकल्पिक राजनीति र नयाँ युवा अभियानलाई सशक्त बनाउने आत्मविश्वासलाई अझै दृढ बनाएको संयोजक अब्दुस मियाँले बताए।

मियाँले साझा युवा संगठनले विविध क्षेत्रमा क्रियाशील एवम् फरक पृष्ठभूमिका युवाहरुलाई संगठनमा आबद्ध गराउॅदै संगठनलाई थप मजबुत तथा नेपालको युवा आन्दोलनको बलियो केन्द्र बनाउने लक्ष्य लिएको पनि बताए ।

वि.सं.२०७७ जेठ १८ आइतवार १६:४८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...