back
CTIZAN AD

स्विटजरल्याण्डका नेपालीहरुले बुझाए भारतीय दूतावासमा ज्ञापनपत्र

वि.सं.२०७७ जेठ १९ सोमवार

843 

shares

१९ जेठ, स्वीटजरल्याण्ड । नेपाली भूमिमाथी भारतले गरेको अतिक्रमणको विरुद्धमा स्विटजरल्याण्डमा रहेका नेपालीले स्विटजरल्याण्डस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएका छन् ।

गैरआबासीय नेपाली संघ (एनआरएनए) स्विटजरल्याण्ड, प्रबासी नेपाली एकता मंच स्विटजरल्याण्ड र जनसम्पर्क समिति स्विटजरल्याण्डले संयुक्त रुपमा भारतीय दूताबासमा ज्ञापनपत्र पठाएका हुन् ।

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको उक्त ज्ञापनपत्रमा लिपुलेक हुदै कैलाश मानसरोबरको बाटोमा नेपाली भू–भाग प्रयोग भएको भन्दै बिरोध स्वरुपको ज्ञापनपत्र बुझाइएको प्रवासी नेपाली एकता मञ्च स्वीटजरल्याण्डका अध्यक्ष अच्युतप्रसाद फुयाँलले संसारन्युजलाई जानकारी दिएका छन् ।

त्यस्तै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भू–भाग भएको र सुगौली सन्धि लगायतका दस्ताबेजले उक्त भू–भाग नेपालको भएको प्रमाणित गर्ने भन्दै अतिक्रमित भूमी फिर्ताको माग गरिएको समेत गरिएको छ ।

प्रबासी नेपाली एकता मंच स्विटजरल्याण्डको अगुवाइमा भारतीय दूताबासमा ज्ञापनपत्र दिने पहल भएको थियो ।

स्विटजरल्याण्डको राजधानी बर्नस्थित भारतीय दुताबास अगाडी बिरोध प्रदर्शन सहित ज्ञापनपत्र बुझाउनको लागि स्थानीय प्रहरी प्रशासनसँग स्वीकृतिको लागि अनुरोध गरिएपनि कोरोना महामारीका कारण स्थानीय प्रशासनले विरोध प्रदर्शनको अनुमति नदिएपछि उक्त ज्ञापनपत्र हुलाक मार्फत् बर्नस्थित भारतीय दुताबासमा पठाईएको हो ।

वि.सं.२०७७ जेठ १९ सोमवार १०:४८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...